Logo

बुधवार, मंसिर १५ गते २०७८

images

बाल्टिनको पानीमा डुबेर बारा जिल्लामा बालिकाकाे मृत्यु

बाल्टिनको पानीमा डुबेर बारा जिल्लामा बालिकाकाे मृत्यु

नेपालपाना आश्विन १८ २०७८
  • 2.5K
    SHARES
  • बाल्टिनको पानीमा डुबेर बारा  जिल्लामा बालिकाकाे मृत्यु

    काठमाडौं । बाराको कलैया उपमहानगरपालिका–२० बसतपुरमा बाल्टिनको पानीमा डुबेर २ वर्षीया बालिकाको मृत्यु भएको छ ।  

    सोमबार बिहान पौने ११ बजे घरमै पानीसहितको बाल्टिनमा डुबेकी मैनोद्दिन मियाँको छोरी २ वर्षीया आयश खातुनको अस्पताल लैजाँदै गर्दा  मृत्यु भएको हो ।

    प्रहरीका अनुसार बालिकाकी आमाले डुबेको देखेपछि निकालेर तत्कालै अस्पतालतर्फ लगेकी थिइन् ।

    कलैया अस्पतालमा पोष्टमार्टमपछि बालिकाको शव आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जानकारी दिएको छ ।

    आश्विन १८, २०७८ सोमवार २०:००:४५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # समाचार

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana