Logo

शनिवार, आषाढ ११ गते २०७९

images

नेपाली भूमि मिच्ने चिनियाँ विस्तारवादविरुद्ध मधेसमा चर्कियो आन्दोलन, लाग्यो 'गो ब्याक चाइना'को नारा

नेपाली भूमि मिच्ने चिनियाँ विस्तारवादविरुद्ध मधेसमा चर्कियो आन्दोलन, लाग्यो 'गो ब्याक चाइना'को नारा

नेपालपाना आश्विन १९ २०७८
  • 7.6K
    SHARES
  • नेपाली भूमि मिच्ने चिनियाँ विस्तारवादविरुद्ध मधेसमा चर्कियो आन्दोलन, लाग्यो 'गो ब्याक चाइना'को नारा

    जनकपुर । नेपाली भूमि मिचेको सरकारी प्रतिवेदनबाटै पुष्टि भएपछि नेपालका विभिन्न स्थानमा आन्दोलन चर्किएको छ ।

    हुम्लालगायत उत्तरी सीमा क्षेत्रमा चीनले एकलौटी रुपमा सीमा मिच्ने गरेको तथ्य बाहिर आएपछि नेपाली युवाहरु सडकमा उत्रिएका छन् । तथ्य बाहिर आउने वितिक्कै युवाहरुले माइतीघर मण्डलामा प्रदर्शन गरे । लोकतान्त्रिक समाजवादी पार्टी निकट लोकतान्त्रिक युवा संघ केन्द्रीय समितिले नेपाली भूमि मिचेको विरोधमा प्रदर्शन गरेका थिए ।  

    माइतीघरपछि लोकतान्त्रिक युवा संघले जनकपुरमा प्रदर्शन गरेको छ । नेता प्रशासन झाको नेतृत्वमा भूमि फिर्ता माग्दै चीनविरुद्ध प्रदर्शन गरिएको हो । उनीहरुले चिनियाँ हस्तक्षेप बन्द गर र मिचिएको नेपाली भूमि फिर्ता गर जस्ता नारा लगाएका छन् । 

    'हाम्रो भूमि फिर्ता गर, हेपाहा प्रवृत्ति मुर्दावाद, गो ब्याक चाइना, सीमा मिच्न पाइँदैन, चिनियाँ विस्तारवाद मुर्दावाद' भनेर उनीहरुले जोडदार रुपमा नाराबाजी गरेका थिए । 

    रेल्वे स्टेशनबाट जसपाका युवाहरुले निकालेको जुलुस जनकचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै युवा नेता झाले हस्तक्षेप बन्द गर्न चीनलाई चेतावनी दिए । 

    उनले भने, ‘हुम्लाको १२ नम्बर पिलर र सगरमाथाको टुप्पोमा चीनको दावी गलत हो । यसरी गरिरहेको हस्तक्षेप बन्द नगरे कडा आन्दोलन गर्छौं ।’

    आश्विन १९, २०७८ मंगलवार १३:०१:३७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # चीन

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend