Logo

आइतवार, कार्तिक ७ गते २०७८

images

धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना बर्खास्त

धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना बर्खास्त

नेपालपाना आश्विन १९ २०७८
  • 1.8K
    SHARES
  • धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना बर्खास्त

    काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई बर्खास्त  गरेको छ। 

    सर्वोत्तम सिमेन्टको भित्री सेयर कारोबारमा संलग्न रहेको आरोप सम्बन्धमा छानबिन गर्न गठित समितिको सुझावका आधारमा सरकारले ढुंगानालाई बर्खास्त गरेको बताइएको छ।

    आफ्नो सहदोर भाइ र छोरीको नाममा  कानुनविपरीत  सेयर खरिद गरेको आरोप लागेपछि सरकारले गएको भदौ १७ गते उनलाई पदबाट निलम्बन गरेको थियो।

    गत भदौ १६ गतेको मन्त्रिपरिषद बैठकले जाँचबुझ समिति गठन गरेको थियो। 

    यही असोज ५ गते  उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा गठित छानबिन समितिले अर्थमन्त्री जनार्दन शर्मालाई प्रतिवेदन बुझाएको थियो।

     

     

    आश्विन १९, २०७८ मंगलवार २०:४२:०८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अर्थ

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana