Logo

शनिवार, मंसिर १८ गते २०७८

images

करोडौं भ्रष्टाचारमा मुछिएका मुख्यमन्त्री राउतले दिएनन् राजीनामा, उल्टै नौटंकी गरेपछि लोसपा र एमालेले लियो एक्सन

करोडौं भ्रष्टाचारमा मुछिएका मुख्यमन्त्री राउतले दिएनन् राजीनामा, उल्टै नौटंकी गरेपछि लोसपा र एमालेले लियो एक्सन

नेपालपाना आश्विन २० २०७८
  • 6.2K
    SHARES
  • करोडौं भ्रष्टाचारमा मुछिएका मुख्यमन्त्री राउतले दिएनन् राजीनामा, उल्टै नौटंकी गरेपछि लोसपा र एमालेले लियो एक्सन

    जनकपुर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत भ्रष्टाचारमा मुछिएको धेरै दिन भइसक्यो । सिधै कार्यालयमा छापा हानेर अख्तियारले कागजात लगिसक्यो । उनीविरुद्ध जनआक्रोश बढ्दो छ । नैतिकताका आधारमा राजीनामा दिनुपर्ने हो ।

    तर चौतर्फी राजीनामा मागिदा पनि कुर्सीसँग चिप्किएर बसेका छन् । राजीनामा दिएर छानविनमा सघाउनुपर्ने बेलामा आन्दोलन गर्न लगाएर अख्तियारलाई छानविन नगर्न धम्क्याउँदै छन् । यस्तो बेला राउतले अर्को चटक देखाउँदै छन् विश्वासको मतको नाममा ।

    सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) विभाजनपछि उनी विश्वासको मत लिन लागेका हुन् । जसपा फुटेर लोकतान्त्रिक समाजवादी पनि गठन भइसकेको छ । विश्वासको मत लिन बिहान ११ बजे प्रदेश सभाको बैठक डाकिएको छ । प्रदेश २ मा कुल १०७ सांसद थिए । तर, माओवादी केन्द्रले तीन जनालाई बर्खास्त गरेपछि अब १०४ सांसद छन् ।

    जसमा सत्तारुढ जसपाका ३९, नेपाली कांग्रेसका १९, नेकपा एकीकृत समाजवादीका १३ र नेकपा माओवादी केन्द्रका आठ, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का १६, नेकपा एमालेका ८ र नेपाल संघीय समाजवादी पार्टीका एक सांसद छन् । यता प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल लोसपाले अवरोध गर्ने भएको छ । लोसपा संसदीय दलका नेता जितेन्द्र सोनलले राउत सरकार अवैधानिक भएको बताए ।

    जसपाबाट छुट्टिएर लोसपा नेपालले ९ भदौमा निर्वाचन आयोगबाट राजनीतिक दलको मान्यता पाएकाले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान उल्लंघन भएको सोनलले देखाए । सोनलले बुधबार विश्वासको मत लिने क्रममा संसद् अवरुद्ध गर्ने चेतावनी समेत दिए । प्रतिपक्षी एमालेले पनि प्रदेश सरकारबाट जानकी मन्दिरको गरिमामाथि खेलबाड भएको भन्दै अवरोध गर्ने भएको छ ।

    आश्विन २०, २०७८ बुधवार १३:१०:५३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रदेश २

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana