Logo

शनिवार, मंसिर १८ गते २०७८

images

कम्युनिस्टहरुको ‘कचकच’का बीच प्रधानमन्त्री देउवाले गरे ‘ह्याप्पी इण्डिङ’

कम्युनिस्टहरुको ‘कचकच’का बीच प्रधानमन्त्री देउवाले गरे ‘ह्याप्पी इण्डिङ’

नेपालपाना आश्विन २० २०७८
  • 6.5K
    SHARES
  • कम्युनिस्टहरुको ‘कचकच’का बीच प्रधानमन्त्री देउवाले गरे ‘ह्याप्पी इण्डिङ’

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डलको भागवण्डा टुंग्याएका छन् । सत्ता गठबन्धनमा रहेका कम्युनिस्ट पार्टीहरुको विभिन्न समस्या र गुनासोको कचकचले आजित देउवाले अन्तत भागवण्डको सुखद अन्त्य गरेका छन् ।

    देउवा निकट नेताहरुका अनुसार कसले कति र कुन कुन मन्त्रालय पाउने भन्ने टुंगिएको छ । देउवाले उत्तम साइत हेरेर भोलि घटस्थापनाको दिन मन्त्रिपरिषद् विस्तार गर्ने योजना बताएका छन् । देउवाले मिलाएको भागवण्डामा नेपाली कांग्रेसले कुल ८ वटा मन्त्रालय पाउने भएको छ ।

    अहिले गृह, परराष्ट्र र कानून मन्त्रालय लिइसकेको छ । अब सञ्चारसहित पाँचवटा मन्त्रालय लिनेछ । अर्थ र उर्जा मन्त्रालय लिइसकेको माओवादी केन्द्रको भागमा कुल ५ वटा मन्त्रालय परेको छ । माधव नेपालको एकीकृत समाजवादी र उपेन्द्र यादवको जनता समाजवादी पार्टीले भने चार/चार मन्त्रालय पाउने टुंगो लागेको छ ।

    भागवण्डामा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले एक–एक राज्यमन्त्री पाउने र जसपाले उपसभामुख लिने पनि टुंगो लागेको छ । दलहरुले आज सरकारमा कसलाई पठाउने भनेर मन्त्री छान्ने र भोलि शुभसाइतमा प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी रहेको नेताहरु बताउँछन् ।

    आश्विन २०, २०७८ बुधवार १३:२४:१६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सत्ता गठबन्धन

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana