Logo

आइतवार, मंसिर १२ गते २०७८

images

सुशासनको पक्षमा देउवा सरकारको अर्को बोल्ड निर्णय, जोगियो राज्यको ढुकुटी, चौतर्फी स्वागत

सुशासनको पक्षमा देउवा सरकारको अर्को बोल्ड निर्णय, जोगियो राज्यको ढुकुटी, चौतर्फी स्वागत

नेपालपाना आश्विन २० २०७८
  • 17.3K
    SHARES
  • सुशासनको पक्षमा देउवा सरकारको अर्को बोल्ड निर्णय, जोगियो राज्यको ढुकुटी, चौतर्फी स्वागत

    काठमाडौं । सरकारले सांसदहरुलाई बाँड्ने दशैंभत्ता रोकेको छ । यसअघि हरेक सांसदहरुलाई दशैंभत्ता बाँड्ने गरिएकोमा यसवर्ष प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरुले दशैंभत्ता नपाउने भएका हुन् । दशैंभत्ता दिने निर्णय नै सरकारले गरेन ।

    सुशासन र आर्थिक मितव्ययिता तथा राज्यको ढुकुटी जोगाउने उद्देश्यका साथ यस वर्ष मन्त्रिपरिषदले दशैंभत्ता नपाउने अवस्था सिर्जना गरेको हो । अघिल्लो वर्ष सांसदहरुलाई दशैंभत्ता दिँदा विवाद र चर्को आलोचना भएको थियो ।

    संघीय संसद सचिवालयका अनुसार मंगलबार सांसदहरुको बैंक खातामा असोज महिनाको मात्र तलब/भत्ता गएको छ । तर, दशैं भत्ता पठाइएको छैन । बैठक भत्ता र यातायात खर्चबाहेक संघीय सांसदहरूले मासिक ६६ हजार ७० रुपैयाँ पाउँछन् ।

    २७५ सदस्यीय प्रतिनिधिसभामा हाल २७१ जना सांसद छन भने राष्ट्रिय सभामा ५९ जना छन् । देउवा सरकारको यो निर्णयको चौतर्फी स्वागत गरिएको छ । अनावश्यक खर्च रोकेर राज्यको ढुकुटी जोगाएको भन्दै प्रशंसा भइरहेको छ ।

    आश्विन २०, २०७८ बुधवार १३:४३:३० बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana