Logo

शनिवार, मंसिर १८ गते २०७८

images

'मुस्लिम र यादव' काखी च्यापेर भ्रष्टाचारले गन्हाएका मुख्यमन्त्री राउतविरुद्ध राष्ट्रिय एकता अभियानले छेड्यो युद्ध

'मुस्लिम र यादव' काखी च्यापेर भ्रष्टाचारले गन्हाएका मुख्यमन्त्री राउतविरुद्ध राष्ट्रिय एकता अभियानले छेड्यो युद्ध

नेपालपाना आश्विन २० २०७८
  • 9.2K
    SHARES
  • 'मुस्लिम र यादव' काखी च्यापेर भ्रष्टाचारले गन्हाएका मुख्यमन्त्री राउतविरुद्ध राष्ट्रिय एकता अभियानले छेड्यो युद्ध

    काठमाडौं । भ्रष्टाचारको आरोप लागेका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीविरुद्ध राष्ट्रिय एकता अभियान आक्रामक बन्दै गएको छ ।

    भ्रष्टाचारमा मुछिएपछि राजीनामा दिएर अनुसन्धानलाई सघाउनुभन्दा उल्टै छानविन नगर्न धम्की दिँदै भ्रष्टाचार गर्न पाउनुपर्ने भन्दै पार्टी पंक्ति परिचालन गरेपछि अभियानले प्रतिकार सुरु गरेको छ ।

    अभियानले बुधवार विज्ञप्तिमार्फत मुख्यमन्त्री राउतविरुद्ध ‘सुशासन जागरण कार्यक्रम’ घोषणा गर्दै विभिन्न आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो । अभियानले प्रदेश २ का मुख्यमन्त्री राउत सहभागी कार्यक्रममा कालो झण्डा देखाएर विरोध जनाउने बताएको छ । त्यसैगरी विभिन्न सञ्चार माध्यमबाट उजागर भइरहेका बहुस्तरीय भ्रष्टाचारका विषयहरुमा समाजिक सञ्जालमा शालिन विरोध गर्ने अभियानले जनाएको छ ।

    त्यस्तै भ्रष्टाचारका प्रकरणसहित प्रदेश २ मा मदरसा विधेयक तथा बजेट दुरुपयोग लगायतका सवालमा अभियानले आयोजन गर्ने विरोध र्‍याली, विरोध सभा र अन्य कार्यक्रममा सहभागिता जनाउँदै सुशासनप्रतिको जनचाहना प्रकट गर्ने बताएको छ । अभियानद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय एकता अभियान, आम नागरिकमा देशप्रेमी तथा संस्कृतिक राष्ट्रियता जागृत गराउँदै एउटा गौरवमय राष्ट्र निर्माण आम नेपालीको अभिभारा बनाउने लक्ष्य लिएर अगाडि बढेको सर्वविदितै छ ।

    यसको साधनको रुपमा सुशासनको पक्षमा वकालत गर्दै, तीन तहका सरकारमध्ये कुनैद्वारा पनि राष्ट्रहित तथा जनहितका बर्खिलाफ कार्य भएको पाएमा यसले गम्भीरतासाथ प्रतिवादको शैली पनि अवलम्बन गर्दै आएको छ ।

    यसै शिलशिलामा प्रदेश २ मा उजागर भइरहेका बहुस्तरीय भ्रष्टाचारका विषयहरुमा ध्यानाकर्षण गर्दै राष्ट्रिय एकता अभियान प्रदेश २ स्तरीय ‘सुशासन जागरण कार्यक्रम’ घोषणा गर्दछ ।’ प्रदेश २ मा मुस्लिम र यादवहरु च्यापेर जे पनि गर्छु कसैले केही गर्दैन भनेर राउत भ्रष्टाचार र अनियमिततामा लिप्त भएको उनकै सहकर्मी बताउँछन् ।

    आश्विन २०, २०७८ बुधवार १६:०३:२४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रदेश २

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana