Logo

आइतवार, मंसिर १२ गते २०७८

images

प्रधानमन्त्री देउवा र पौडेलबिच टकराव, बालुवाटारमा खैलाबैला

प्रधानमन्त्री देउवा र पौडेलबिच टकराव, बालुवाटारमा खैलाबैला

नेपालपाना आश्विन २० २०७८
  • 2.3K
    SHARES
  • प्रधानमन्त्री देउवा र पौडेलबिच टकराव, बालुवाटारमा खैलाबैला

    काठमाडौं। बालुवाटारमा बसेको कांग्रेस पदाधिकारी बैठकमा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच बालुवाटारमा टकराव भएको छ। 

    मन्त्रालय भागवण्डाबारेमा छलफल गर्न बसेको बैठकमा क्रियाशील सदस्यतासम्बन्धीको विवादले प्रवेश पाएपछि प्रधानमन्त्री देउवा र नेता पौडेलबीच चर्काचर्की भएको हो ।

    रौतहट र सर्लाहीको क्रियाशील सदस्यता विवादमा पौडेल र पूर्वमहामन्त्री प्रकाशमान सिंहको प्रधानमन्त्री देउवासँग चर्काचर्की भएको बताइएको छ ।

    रौतहट र सर्लाहीको बरहथवाका कार्यकर्ताहरु पार्टी केन्द्रीय कार्यालय सानेपामा अनसनमा बसिरहेका छन्। 

    पौडेल र सिंहले क्रियाशील सदस्यताको विवाद समाधान गरी अनसन टुङ्ग्याउँे कुरा गरेका थिए । तर, प्रधानमन्त्री देउवाले चिसो छिँडीमा बसेर बिरामी परे भन्नु भन्दा अस्पताल लैजानु भन्दै कडा प्रहार गरेपछि खैलाबैला भएको बताइएको छ ।

    आश्विन २०, २०७८ बुधवार २०:२१:५७ बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana