Logo

आइतवार, मंसिर १२ गते २०७८

images

नेपालमा पाकिस्तानीको आतंक : एक जनाको अपहरण, २ पक्राउ

नेपालमा पाकिस्तानीको आतंक : एक जनाको अपहरण, २ पक्राउ

नेपालपाना आश्विन २० २०७८
  • 13.3K
    SHARES
  • नेपालमा पाकिस्तानीको आतंक : एक जनाको अपहरण, २ पक्राउ

    काठमाडौं। पाकिस्तानी नागरिकले क्यानडा पठाउने भन्दै नेपाल बोलाएर बन्धक बनाएको आरोपमा दुई जना पक्राउ परेका छन्।

    महानगरीय प्रहरी परिसर ललितपुरले जेसन मोहम्मद र ताज रजवाजलाई पक्राउ गरेको हो । यी दुवै जना पनि पाकिस्तानी नागरिक हुन् । प्रहरीका अनुसार उनीहरुले फैजान अहमदलाई नेपालको बाटो हुँदै क्यानडा पठाउने भन्दै नेपाल बोलाएका थिए ।

    विमानस्थलबाट आफूलाई सिभिल होम्समा लगेर बन्धक बनाएको फैजानले प्रहरीसमक्ष बताएका छन् । 

    उनका अनुसार जेसन र ताजले बन्धक बनाएर पाकिस्तानस्थित परिवारलाई म क्यानडा आइपुगे, २० हजार डलर दिनुस् भन्न लगाएका थिए ।

    उनीहरुबाट फुत्किएका फैजानले खबर गरेपछि दुबैलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । अहिले प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको छ ।

    आश्विन २०, २०७८ बुधवार २०:४१:०८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # समाचार

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana