Logo

शनिवार, मंसिर १८ गते २०७८

images

नेपालको अर्थतन्त्र धरासायी बनाउँदै चीन, करोडौँको सामानसँगै हजारौँ मेट्रिकटन मलपनि रोक्यो

नेपालको अर्थतन्त्र धरासायी बनाउँदै चीन, करोडौँको सामानसँगै हजारौँ मेट्रिकटन मलपनि रोक्यो

नेपालपाना आश्विन २२ २०७८
  • 6.5K
    SHARES
  • नेपालको अर्थतन्त्र धरासायी बनाउँदै चीन, करोडौँको सामानसँगै हजारौँ मेट्रिकटन मलपनि रोक्यो

    काठमाडौं। कृषि सामग्री कम्पनी लिमीटेडले चीनबाट झिकाएको ४० हजार मेट्रिकटन रसायनिक मल नेपाल भित्रिन सकेको छैन् । 

    मल मात्रै हैन्, दसैँको सामान बोकेका सयौँ कन्टेनर समेत चीनले नेपालतर्फ प्रवेश गर्न दिएको छैन् । करोडौँ मूल्यको सामान र मल रोकेर चीनले नेपालको अर्थतन्त्रलाई नै धक्का दिन खोजेको छ ।


    नेपालबाट निर्यात समेत चीनले गर्न नदिँदा नेपालको अर्थतन्त्र अस्थिर बन्दै गएको छ । कतिपयले चीनले जानी जानी यो सब गरिरहेको गुनासो गरेका छन् ।

     हिउँदे बालीका लागि झिकाइएको ३५ हजार मेट्रिकटन युरिया र पाँचहजार मेट्रिकटन डीएपीसहित ४० हजार मेट्रिकटन रसायनिक मल पठाउन चिनीयाँ पक्षले तत्परता नदेखाएकाले रोकिएको मलका ठेकेदार सिल्क ट्रान्स्पोर्ट प्रालिका अध्यक्ष रमेश शेर्पाले बताएका छन् ।

    समयमा मल उपलब्ध हुन नसक्दा किसानले हैरानी व्यहोर्दैै आएकाले यसपाली समयमै मल झिकाउन लागिएको थियो । 

    रसायनिक मललाई प्राथमिकता दिई व्यापारिक सामानलाई पनि चाँडै पठाउन चिनीयाँ पक्षलाई आग्रह गरिएको थियो । त्यसैगरी दैनिक २० गाडी मात्र पठाउन आग्रह गरे पनि दैनिक आठदेखि १२ गाडी मात्र पठाउने गरेको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत गणेशप्रसाद पौडेलले बताएका छन् ।

    आश्विन २२, २०७८ शुक्रवार १८:२५:४० बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana