Logo

आइतवार, कार्तिक ७ गते २०७८

images

यौन सम्पर्कका फाइदै फाइदा

यौन सम्पर्कका फाइदै फाइदा

नेपालपाना आश्विन २२ २०७८
  • 9.6K
    SHARES
  • यौन सम्पर्कका फाइदै फाइदा

    काठमाडौँ । प्राकृतिक आवश्यकता यौन सम्पर्कबाट चरम आनन्द त प्राप्त हुन्छ नै, यसले स्वास्थ्यलाई फाइदासमेत गर्ने विज्ञ बताउँछन्। 

    यौन सम्पर्कपछि मजासँग निद्रा लाग्छ। यसर्थ हतपती निद्रा नलाग्ने समस्या छ भने यौन सन्तुष्टि लिने गर्दा गहिरो निद्रा पर्छ।

    यस्तै यौन क्रियाका बेला रक्त प्रवाह बढ्छ, जसले गर्दा रगत प्रजनन अंगहरूमा पर्याप्त मात्रामा पुग्नाका साथै शरीरका अन्य कोषमा अक्सिजनको मात्रा पनि पर्याप्त हुन पुग्छ। जसले गर्दा शरीर स्वस्थ हुन मद्दत पुग्छ। यसले रक्त सञ्चार समेत राम्रो गराउँछ। श्वासप्रश्वास पनि बढाउँछ। 

    कुनै तनावले मन भारी भएको छ भने यौन सम्पर्कले मन हल्का पार्न सहयोग पुर्याउँछ। किनकि यौन सम्पर्क शारीरिक मात्र नभएर एक प्रकारको मानसिक क्रिया पनि हो ।

    यौनक्रियाका बेला रक्तप्रवाहसमेत बढ्ने भएकाले मस्तिष्कमा पनि रक्त सञ्चार तीव्र हुन पुग्छ। चरमोत्कर्षका बेला बढ्ने रक्तप्रवाहका कारण मस्तिष्कमा पर्याप्त मात्रामा अक्सिजन पुग्छ। जसले गर्दा मस्तिष्क स्वस्थ हुन सहयोग पुग्छ।  

     

    आश्विन २२, २०७८ शुक्रवार १९:३५:४३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # स्वास्थ्य

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana