Logo

शनिवार, मंसिर १८ गते २०७८

images

उपेन्द्र यादवले वीरगंजलाई फेरि ठगेपछि सांसद प्रदीप यादवको यस्तो चेतावनी, सडकमा उत्रे जनता

उपेन्द्र यादवले वीरगंजलाई फेरि ठगेपछि सांसद प्रदीप यादवको यस्तो चेतावनी, सडकमा उत्रे जनता

नेपालपाना आश्विन २३ २०७८
  • 19.6K
    SHARES
  • उपेन्द्र यादवले वीरगंजलाई फेरि ठगेपछि सांसद प्रदीप यादवको यस्तो चेतावनी, सडकमा उत्रे जनता

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद प्रदीप यादवले आन्दोलनको मधेस आन्दोलनको अगुवाइ गर्ने वीरगंज फेरि ठगिएको बताएका छन् ।

    मन्त्रिपरिषद् विस्तारमा जसपा अध्यक्ष उपेन्द्र यादवले आफ्नालाई मात्रै च्यापेका बेला पर्साका सांसद यादवले यसको ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।

    जानधार र योगदानको कदर गर्न नेतृत्वबाट गम्भीर चुक भएको उनको भनाइ छ । मधेश आन्दोलनको उद्दगम स्थल बीरगञ्ज भएको र विद्रोहको बिगुल फुक्ने तथा आन्दोलनको आधिबेरी ल्याउने स्थानलाई नजर अन्दाज र किनारा गरिएको भन्दै सांसद यादवले आक्रोश पोखेका छन् ।

    नाका जाम गरेर सरकारलाई दिने कडा दवाब होस् या, अधिकारका निम्ति सहादतका लागि छाति फैलाउने हौसला बीरगञ्ज(पर्सा)ले सदैव राख्दै आएको स्मरण पनि उपेन्द्रलाई गराएका छन् ।

    मधेशी जनअधिकार फोरम नेपाल स्थापनादेखि आफ्नो बलिदान र योगदान दिँदै आएको वीरगञ्ज आज फेरि ठगिएको र यसले पर्सेली जनता दुखित र आक्रोशित भएको भन्दै सांसद यादवले उपेन्द्रको ध्यानाकर्षण गराएका छन् ।

    ‘हाम्रो पार्टीका अध्यक्षज्यूले मन्त्रिमण्डलमा समावेश हुनेहरुको नाम छनोट गरिरहँदा सम्पूर्ण पर्सेली जनताको नजर उनीमाथि थियो । यसपटक पक्कै पनि पर्सा र बीरगञ्जलाई न्याय र सम्मान गरिने छ भन्ने विश्वास थियो, योगदानको प्रतिफल दिइनेछ भन्ने विश्वास थियो । तर प्रतिफल उलटो भयो,’ उनले भनेका छन् ।

    आफू जनताको सेवक भएको र सधै सेवामा लागि रहने उल्लेख गर्दै यादवले मुल्यांकन गर्ने जिम्मा फेरि पनि न्यायप्रेमी जनतालाई नै छोड्ने बताए । साथै यस परिस्थितीमा धैर्यता नगुमाउन शुभचिन्तक र पार्टीका नेता कार्यकर्ताहरुमा उनले अनुरोध गरेका छन् ।

    उपेन्द्र यादवले ठगे पनि पार्टीका तर्फबाट प्रदीपले परिपक्वता देखाएका छन् । यसैबीच उपेन्द्रले वीरगंजलाई ठगेपछि वीरगंजका जनता सडकमा उत्रेका छन् ।

    नेता कार्यकर्तासहित जनताले जसपाको झण्डा जलाउने तथा उपेन्द्र यादवको पुत्ला जलाउँदै नाराबाजी गरेका छन् ।

    आश्विन २३, २०७८ शनिवार ०७:०१:५८ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana