Logo

बुधवार, मंसिर १५ गते २०७८

images

अमेरिका र तालिबानबीच पहिलो वार्ता हुँदै

अमेरिका र तालिबानबीच पहिलो वार्ता हुँदै

नेपालपाना आश्विन २३ २०७८
  • 2.3K
    SHARES
  • अमेरिका र तालिबानबीच पहिलो वार्ता हुँदै

    काठमाडौं। तालिबानका वरिष्ठ अधिकारी र अमेरिकी प्रतिनिधि बीच अफगानिस्तानमा  वार्ता हुँदै छ । 

    अमेरिकी सेना फिर्ता र तालिबानीहरूले अफगानिस्तानमा कब्जा जमाएपछि हुन लागेको यो वार्ता महत्त्वपूर्ण मानिएको छ । 

    चरमपन्थी समूहहरूलाई समात्न र देशबाट विदेशी नागरिक र अफगानिस्तानको निकासीलाई सहज बनाउने विषयमा अमेरिकी प्रतिनिधि र तालिबानी अधिकारीहरू बीच शनिबार र आइतबार वार्ता  हुँदैछ ।

    अगस्टको अन्त्यमा अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता भएपछि त्यहाँ २० वर्षको सैन्य उपस्थिति समाप्त भएको र अफगानिस्तानको सत्तामा तालिबानको उदय भएपछि हुन लागेको यो बैठकलाई निकै चासोपूर्वक हेरिएको छ । वार्ता कतारको राजधानी दोहामा हुने भएको छ ।

    दोहामा रहेका तालिबान प्रवक्ता सुहेल शाहीनले शनिबार एसोसिएटेड प्रेसलाई  बताएअनुसार वार्ताले तालिबानले सन् २०२० मा वाशिङ्टनटनसँग गरेको शान्ति सम्झौताको पुनरवलोकन गर्नेछ । 

    आश्विन २३, २०७८ शनिवार २०:५१:१७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अमेरिका

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana