Logo

आइतवार, कार्तिक ७ गते २०७८

images

पोखराबाट प्रधानमन्त्री देउवाको चेतावनी : प्रजातन्त्रको मास्ने सपना नदेखे हुन्छ, अब कम्युनिस्ट यसरी पछारिन्छन्

पोखराबाट प्रधानमन्त्री देउवाको चेतावनी : प्रजातन्त्रको मास्ने सपना नदेखे हुन्छ, अब कम्युनिस्ट यसरी पछारिन्छन्

नेपालपाना आश्विन २४ २०७८
  • 4.3K
    SHARES
  • पोखराबाट प्रधानमन्त्री देउवाको चेतावनी : प्रजातन्त्रको मास्ने सपना नदेखे हुन्छ, अब कम्युनिस्ट यसरी पछारिन्छन्

    पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्रकाे विकल्प अरु कुनै व्यवस्था नभएको बताएका छन् । ‘सबैले सुने हुन्छ, प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो ।

    कसैले अरु किसिमको सपना नदेखे हुन्छ,’ गण्डकीलाई साक्षर प्रदेश घोषणा गर्दै आइतबार उनले भने, ‘हामी प्रजातन्त्रका लागि लडेको पार्टी हो । यसको विकल्प अरु हुन सक्दैन ।’ नयाँ सरकार गठन र त्यसपछिका घटनालाई लिएर विपक्षीले गरेको आलोचनामा भने उनले निर्वाचनले त्यसको परिणाम देखाउने बताए । ‘सबैले जनादेशको कुरा गरेका छन् । जनताको नाम सबैले लिन्छन् । जनताले को ठिक छ भनेर भोटमा देखाई हाल्छन् नि,’ उनले भने ।

    कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले देशमा अझै धेरै काम गर्न बाँकी रहेको बताए । ‘अझै पूर्ण रूपमा संघीयता कार्यान्वयन गर्न बाँकी छ । विकास निर्माणका काम अगाडी बढाउनु छ । मलाई विश्वास छ, यो पूरा हुन्छ,’ उनले थपे । उनले कोभिड नियन्त्रणमा सरकारले महत्वपूर्ण सफलता हात पारेको दाबी गरे ।

    ‘अहिले नेपाल कोभिडको महामारीबाट अझैपनि कठिन समय बिताइरहेको छ । तर हाम्रो व्यवस्थापनप्रति खुसी भएर अन्तराष्ट्रिय जगतले, विशेषतः विश्व स्वास्थ्य संगठनले नेपाललाई धन्यवाद र बधाई दिएको छ,’ उनले भने, ‘नेपाल सरकारले पनि रातदिन काम गरिरहेको छ ।

    नेपालले कन्ट्रोल गरेका कारण अन्तर्राष्ट्रिय जगतले विश्वास गरेको हो । यो महत्वपूर्ण उपलब्धिको रूपमा हामीले लिएका छौं ।’

    आश्विन २४, २०७८ आइतवार १४:२४:३५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शेरबहादुर देउवा

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana