Logo

बुधवार, मंसिर १५ गते २०७८

images

सुकुम्बासी बस्तीमा प्रहरीले गोली चलायो, तीन जनाको मृत्यु

सुकुम्बासी बस्तीमा प्रहरीले गोली चलायो, तीन जनाको मृत्यु

नेपालपाना आश्विन २४ २०७८
  • 3.9K
    SHARES
  • सुकुम्बासी बस्तीमा प्रहरीले गोली चलायो, तीन जनाको मृत्यु

    काठमाडौं। सुकुम्बासी समूहसँगको झडपमा सुरक्षाकर्मीले गोली चलाउँदा तीन जनाको मृत्यु भएको छ । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा गोली लागेर घाइते भएका तीन जनाको मृत्यु भएको बताइएको छ ।

    यस्तै झडपका क्रममा थप १४ जना घाइते भएका छन्। मोतीपुर औद्योगिक क्षेत्रको जग्गामा बसोबास गर्ने सुकुम्बासी समूहसँगको झडपपछि उत्पन्न परिस्थितिलाई सामान्य बनाउन स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ ।

    झडपपछि जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले कर्फ्यू आदेश जारी गरेको छ ।

    आइतबार ४ बजेदेखि लागू हुने गरी पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुरको खेती योग्य जमिन, उत्तरमा शिवनगर रानीगञ्ज वस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका–१८ औद्योगिक करिडोरको जमिन रहेको भागसम्म लागू हुने गरी कर्फ्यू लगाइएको छ ।

    तीन दिनदेखि रातको समयमा सो क्षेत्रका टहराहरु भत्काउँन थालिएको थियो । त्यसै कारण झडप सिर्जना भएको थियो । सोक्रममा प्रशासनले अन्धाधुन्दा गोली चलाउन आदेश दिएको भन्दै स्थानीय आक्रोसित भएका छन् ।

    आश्विन २४, २०७८ आइतवार १९:१६:४९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # समाचार

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana