Logo

आइतवार, कार्तिक ७ गते २०७८

images

प्रधानमन्त्री कार्यालयमा उमेश श्रेष्ठकाे प्रवेश, आज भयो भव्य कार्यक्रम

प्रधानमन्त्री कार्यालयमा उमेश श्रेष्ठकाे प्रवेश, आज भयो भव्य कार्यक्रम

नेपालपाना आश्विन २४ २०७८
  • 3.3K
    SHARES
  • प्रधानमन्त्री कार्यालयमा उमेश श्रेष्ठकाे प्रवेश,  आज भयो भव्य कार्यक्रम

    काठमाडौँ। राज्यमन्त्री उमेश श्रेष्ठले आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गरेका छन् । 

    पदभार ग्रहणपछि आयोजित संक्षिप्त कार्यक्रममा राज्यमन्त्री श्रेष्ठले प्रधानमन्त्री कार्यालयबाट सम्पादन गर्नुपर्ने अनुगमन तथा मूल्याङ्कन, अन्तरनिकाय समन्वय तथा सहजीकरणलगायतका विभिन्न सुधारसम्बन्धी कार्यहरूलाई थप प्रभावकारी रूपमा अघि बढाउन आफू क्रियाशील हुने बताएका छन् ।

    यसअघि स्वास्थ्य राज्यमन्त्री रहेका उनी पछिल्लो पटक प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेसँगै प्रधानमन्त्री कार्यालयमा सरुवा भएका थिए ।

    आइतबार उनको पदभार ग्रहण कार्यक्रममा मुख्यसचिव शंकरदार वैरागी, प्रधानमन्त्री कार्यालय मातहत निकायका सचिवहरू, राष्ट्रिय अनुसन्धान विभागका मुख्य निर्देशकलगायत सहभागी रहेका थिए ।

    आश्विन २४, २०७८ आइतवार २०:३९:५६ बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana