Logo

आइतवार, कार्तिक ७ गते २०७८

images

उपेन्द्र यादवको पुत्ला जल्यो : छाेरा नै विपक्षमा, जसपाको केन्द्रीय कार्यालयमा खैलाबैला 

उपेन्द्र यादवको पुत्ला जल्यो : छाेरा नै विपक्षमा, जसपाको केन्द्रीय कार्यालयमा खैलाबैला 

नेपालपाना आश्विन २५ २०७८
  • 3.8K
    SHARES
  • उपेन्द्र यादवको पुत्ला जल्यो : छाेरा नै विपक्षमा, जसपाको केन्द्रीय कार्यालयमा खैलाबैला 

    काठमाडौँ। आफ्नो स्वार्थको बाटोमा लागेको आरोप लाग्दै आएका जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाइएको छ । 

    सोमवार बालकुमारीस्थित जसपाको केन्द्रीय पार्टी कार्यालयमा कार्यकर्ताहरूले घेरा हाल्दै विरोध प्रदर्शन समेत गरेका छन् ।

    खासगरी पर्सा जिल्लाबाट कसैलाई मन्त्री नबनाएकोमा कार्यकर्ताहरुले विरोध गरेका थिए । जसपाबाट ४ जना मन्त्री बन्दा पर्साका सांसद प्रदीप यादवलाई मन्त्री नबनाएको उनीहरुको गुनासो छ ।

    समाजवादी विद्यार्थी युनियन पर्सा जिल्लाका युनियन अध्यक्ष राजबाबु राकीले पार्टी अध्यक्ष उपेन्द्र यादवले पर्सावासीलाई धोका दिएको बताएका छन् । यतिमात्रै हैन् उनले उपेन्द्र यादवको छोरासमेत आफ्नो समर्थनमा रहेको बताएका छन् ।

    आश्विन २५, २०७८ सोमवार १८:२५:३० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # उपेन्द्र यादव

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana