Logo

आइतवार, कार्तिक ७ गते २०७८

images

गर्भधारणका लागि कुन बेला र कसरी यौन सम्पर्क गर्नु उपयुक्त ?

गर्भधारणका लागि कुन बेला र कसरी यौन सम्पर्क गर्नु उपयुक्त ?

नेपालपाना आश्विन २५ २०७८
  • 8.3K
    SHARES
  • गर्भधारणका लागि कुन बेला र कसरी यौन सम्पर्क गर्नु उपयुक्त ?

    काठमाडौँ। नव विवाहित जोडीकालागि पहिलो सन्तान जन्माउन अलि कठिन हुने हुँदा योजना अनुसार तयारी गर्नुपर्छ । शिशु जन्माउन आफ्नो आर्थिक अवस्था, बच्चाको लालनपालनकालागि आवश्यकलगायतका कुरा मुख्य हुन्छन् । 

    यससँगै कतिलाई कुन समयमा यौन सम्पर्क गर्दा गर्भ रहन्छ ? वा कसरी गर्भ रहन्छ भन्ने जानकारी नहुन सक्छ ।जब पुरुषको ‘शुक्रकीट’ महिलाको गर्भाशयमा रहेको अण्डसँग मेल भएर फर्टिलाइज गर्छ तब मात्र गर्भ रहन्छ । 

    यसका लागि यौन सम्पर्क आवश्यक पर्दछ । गर्भधारणका लागि मिसनरी पोजिसन (महिला तल र पुरुष माथि सुतेर गरिने यौन आसन) उपयुक्त मानिन्छ । गर्भ रहन डिम्ब निष्कासनको पाँच दिनअघि तथा त्यसै दिन यौनसम्पर्क गर्दा सम्भावना बढी हुन्छ । डिम्ब निष्कासन प्रक्रियामा निस्किएको डिम्ब १२ देखि २४ घन्टासम्म फर्टिजाइज हुनसक्छ ।

    यौनका क्रममा प्रवेश गरेको पुरुष शुक्रकीट महिला प्रजनन प्रणालीमा ५ दिनसम्म रहन सक्छ । महिनावारी नियमित छ भने डिम्ब निष्कासन सामान्यतः अर्को महिनावारी सुरु हुनुभन्दा १४ दिन पहिल्यै हुन्छ । त्यसैगरी अधिकांश महिलामा डिम्ब निष्कासन महिनावारीको मध्यविन्दुभन्दा ४ दिन पहिले वा पछि हुनसक्छ ।

    आश्विन २५, २०७८ सोमवार १९:०२:४६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # स्वास्थ्य

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana