Logo

आइतवार, कार्तिक ७ गते २०७८

images

स्वास्थ्यमन्त्री विरोध खतिवडा गृहजिल्लामा

स्वास्थ्यमन्त्री विरोध खतिवडा गृहजिल्लामा

नेपालपाना आश्विन २५ २०७८
  • 3.1K
    SHARES
  • स्वास्थ्यमन्त्री विरोध खतिवडा  गृहजिल्लामा

    काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले गृहजिल्ला मकवानपुरको हेटौँडा अस्पतालको निरीक्षण गरेका छन् । 

    उनले आज मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालको स्थलगत अवलोकन तथा निरीक्षण गरेका हुन् । 

    मन्त्री खतिवडाले हेटौँडा अस्पतालको आइसियु कक्ष, कोभिड–१९ वार्डको स्थलगत निरीक्षण गरे। सो अवसरमा उनले अस्पतालको स्तरोन्नति र सेवा विस्तारका लागि सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    उनले अस्पतालका कर्मचारीमा प्रतिष्ठान आएपछि जागिर नै सङ्कटमा पर्ने चिन्ताले सताइरहेको भन्दै यसबारेमा सरकारले आवश्यक निर्णय गर्ने भएकाले निश्चिन्त रहेर जनताको सेवामा लाग्न आग्रह गरे । 

    वर्षौँदेखि काम गर्दै आएका करारका कर्मचारी, चिकित्सक, नर्सलगायत सबैलाई समेटेर प्रतिष्ठानले अपुग कर्मचारी माग्नेमा सरकारको ध्यनाकर्षण हुने बताए।

    अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा रामचन्द्र सापकोटाले मन्त्री खतिवडालाई अस्पतालको पछिल्लो अवस्था र कोरोना महामारीमा गरेका प्रयासका बारेमा जानकारी गराए ।

    आश्विन २५, २०७८ सोमवार १९:५४:२४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सत्ता गठबन्धन

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana