Logo

आइतवार, कार्तिक ७ गते २०७८

images

सात किलोमा बस दुर्घटना : ३३ घाइते, तीन गम्भीर

सात किलोमा बस दुर्घटना : ३३ घाइते, तीन गम्भीर

नेपालपाना आश्विन २६ २०७८
  • 1.5K
    SHARES
  • सात किलोमा बस दुर्घटना : ३३ घाइते, तीन गम्भीर

    दोलखा। काठमाडौँबाट दोलखाको चरिकोट रिर्जभ जाँदै गरेको बस लामोसाँघु जिरी सडकखण्डको सात किलोमा दुर्घटना भएको छ । आज भएको दुर्घटनामा बसमा सवार कम्तीमा ३३ घाइते भएका छन्, तीनको अवस्था गम्भीर रहेको छ । 

    काठमाडौँमा चल्ने कान्तिपुर यातायातको बा४ख १८०२ नम्बरको बस दुर्घटनामा परेको हो । बढी भारका कारण गाडीले उकालोमा तान्न नसकेर पछि धकेलिएपछि दुर्घटनामा परेको बताइएको छ । 

    बस बाटोबाट १० मिटर तल खसेको छ । स्थानीयवासी र प्रहरीले घाइतेको उद्धार गरेको सिन्धुपाल्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए । 

    गम्भीर घाइतेलाई उपचारका लागि धुलिखेल पठाइएको र अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको अधिकारीले जानकारी दिए।

    आश्विन २६, २०७८ मंगलवार २०:००:२९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # समाचार

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana