Logo

आइतवार, कार्तिक ७ गते २०७८

images

पूर्वराजाले मुख खोलेपछि बाबुरामको सातो गयो, ‘सडेको काम नलाग्ने सन्ठ’ भन्दै अस्मिताको दनक

पूर्वराजाले मुख खोलेपछि बाबुरामको सातो गयो, ‘सडेको काम नलाग्ने सन्ठ’ भन्दै अस्मिताको दनक

नेपालपाना आश्विन २७ २०७८
  • 7.8K
    SHARES
  • पूर्वराजाले मुख खोलेपछि बाबुरामको सातो गयो, ‘सडेको काम नलाग्ने सन्ठ’ भन्दै अस्मिताको दनक

    काठमाडौं । पूर्वाराजा ज्ञानेन्द्र शाहको कडा सन्देशले नेपाली राजनीतिमा तरंग ल्याएको छ ।

    नेपालका लागि राजसंस्था आवश्यक नै रहेको भन्दै धेरैपछि पूर्वराजाले मुख खोल्दा आफूलाई परिवर्तनकारी भन्ने ढोंगी नेताहरुको सातो गएको छ । यसमध्येका एक हुन् बाबुराम भट्टराई ।

    आफूलाई कम्युनिस्ट र माओवादी भन्न समेत लाज लागेर मधेसी दलतिर लागेका बाबुरामलाई पूर्वराजाले कडा बोल्दा डर लागेको छ । त्यसैले त रियक्ट गरेका छन् । दशैंको अवसरमा सन्देश जारी गर्दै राजा ज्ञानेन्द्र शाहले नेपाल जस्तो मुलुकमा प्रजातन्त्रबिनाको राजसंस्था र राजसंस्थाबिनाको प्रजातन्त्र सान्दर्भिक नहुने आफूले बोध गरेको बताएका छन् यो टिप्पणीले बाबुरामको होश उडेको छ ।

    त्यसमाथि बाबुरामले टिप्पणी गरेका छन्, ‘राजसंस्थाविनाको प्रजातन्त्र टिक्दैन भन्नु जनतालाई तातो बरफ वा सिंगसहितको खरायो खोज्न लगाउनु जस्तै भ्रमको खेतीगर्नु र देशलाई पुन:द्वन्दमा धकेल्नु मात्रै हो।पूर्व राजालाई देश र जनताप्रति अलिकति पनि जिम्मेवारीवोध छ भने चुपचाप संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकारेर बस्नु वेश हुनेछ ।’

    बाबुरामले यस्तो टिप्पणी गरेपछि विश्व हिन्दु महासंघकी महासचिव अस्मिता भण्डारीले पनि दनक दिएकी छन्, ‘यिनी पढेका डाक्टर होइन सडेका काम नलाग्ने सन्ठ रहेछन् । आफू १७००० भन्दा बढी निर्दाेष नेपालीलाई मार्ने र बढो क्रान्तिकारीता छाट्ने ? पूर्व आतंकाकारी डा.बाबुराम तिमीले राजालाई चुप लागेर बस्न सिकाउने ? भ्रमको खेती त तिमीले पो गरीरहेका छौं । जनता प्रति उत्तरदायी हुन त राजा सँग तिमीले सिक्नु पर्छ । राजाको सन्देश प्रति अनाबश्यक टिप्पणी गर्ने अधिकार तिमिलाइ छैन ।’

    आश्विन २७, २०७८ बुधवार १२:४३:०६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बाबुराम भट्टराई

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana