Logo

आइतवार, कार्तिक ७ गते २०७८

images

अफगानिस्तानमा विदेशी बिजुली आयातका लागि ६२ मिलियन डलर आवश्यक

अफगानिस्तानमा विदेशी बिजुली आयातका लागि ६२ मिलियन डलर आवश्यक

नेपालपाना आश्विन २७ २०७८
  • 1.2K
    SHARES
  • अफगानिस्तानमा विदेशी बिजुली आयातका लागि ६२ मिलियन डलर आवश्यक

    काबुल। दा अफगानिस्तान ब्रेश्ना शेरकट (डीएबीएस) का अधिकारीहरुले सोमबार अफगानिस्तानमा छिमेकी देशहरुबाट बिजुली आयातका लागि ६२ मिलियन डलर आवश्यक भएको बताएका छन्।

    डीएबीएस अधिकारीहरुले यसअघिको बक्यौतासहित तिर्नका लागि ९० मिलियन डलर उपलब्ध गराउन आग्रह गरेका हुन्। यदि यूएनएएमएले यो प्रदान नगरे उनीहरुलाई बिजुलीको बिल तिर्नका लागि दबाब हुने भएको छ।

    डीएबीएसका कार्यवाहक परिचालक निर्देशक सफीउल्लाह अहमदजाईले कम्पनीले बिजुली निर्यात गर्ने देशहरुलाई बिगत दुई महिनाको बिजुलीको बिल भुक्तान गर्न बाँकी रहेको छ। यसैबीच, तोलो न्युजद्वारा प्राप्त एक कागजातले चार छिमेकी देशहरु, उज्बेकिस्तान, ताजिकिस्तान, तुर्कमेनिस्तान र ईरानको लागी ५१ मिलियनभन्दा बढी भुक्तान गर्न बाँकी रहेको छ।

    अहमदजईका अनुसार डीएबीएसले बिजुली निर्यात गर्ने देशहरुलाई बिजुली कटौती नगर्न र ऋण तिर्ने वाचासहित पत्र पठाएको छ।यदि बिल तिर्न नसकिएको अवस्थामा बिजुली कटौती हुने भएको छ।

    आर्थिक संकटमा फसेको अफगानिस्तानलाई विदेशी सहायता बन्द भएपछि थप आर्थिक चुनौतीहरु थपिएका छन्। तालिबान सत्ताले उक्त ऋण भुक्तान गर्न नसकेको अवस्थामा अफगानीहरु अन्धकारमा बस्न बाध्य हुनेछन्।

    आश्विन २७, २०७८ बुधवार १७:५५:५० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अफगानिस्तान

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana