Logo

आइतवार, कार्तिक ७ गते २०७८

images

ताजिकिस्तानद्वारा अफगानिस्तानमा बिजुली निर्यातामा प्रतिबन्ध

ताजिकिस्तानद्वारा अफगानिस्तानमा बिजुली निर्यातामा प्रतिबन्ध

नेपालपाना आश्विन २७ २०७८
  • 1.7K
    SHARES
  • ताजिकिस्तानद्वारा अफगानिस्तानमा बिजुली निर्यातामा प्रतिबन्ध

    काबुल। ताजिकिस्तानले अफगानिस्तानमो बिजुली निर्यातमा प्रतिबन्ध लगाएकोछ । बर्की तोजिक उर्जाका निर्देशक मिर्जा इस्मोइल्जोडाले जुलाई २७ देखि अफगानिस्तानमा बिजुली निर्यात घटाएको बताएका थिए। बख्श नदीमा पानीको बहाव घटेसंगै बिजुली निर्यातमा पनि घटाइएको बताइएको छ।

    तर, अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि भने ताजिकिस्तानले बिजुली निर्यातमा प्रतिबन्ध नै लगाएको छ। बर्की तोजिकले बख्स नदीमा पानीको प्रवाह मेमा नै ठूलो मात्रामा कमी भएको र जसको कारण नुरेक जलविद्युत संयन्त्रको प्रवाह पनि कम आएको बताएका छन् ।

    अफगानिस्तान मा क्षेत्रहरुमा बिजुली प्रदान गर्ने कम्पनी बरेसनोले ताजिकिस्तान बिजुली निर्यात ९० प्रतिशतले घटाएको बताएको छ। ताजिकिस्तान हरेक दिन अफगानिस्तानमा ३२० मेगावाट निर्यात गर्ने गर्थ्यो। सोमबारदेखि उर्जाको मात्रा ४० मेगावाटमा झरेको अफगान कम्पनीले जनाएको छ।

    अफगानिस्तानको काबुल, नानगहार, लगमान, लुगार, पक्तिका, परवान, पञ्जशीर, कपिसा र बाग्लान ताजिकिस्तानले आपूर्ति गरेको बिजुली प्रयोग गर्दछ। अफगानिस्तानले दाबी गरेको छ कि उनीहरु हाल उज्बेकिस्तानसंग बिजुली आयात को लागी वार्ता गरीरहेका छन्। बर्की तोजिक एनर्जी होल्डिंगका प्रमुखले नुरेक प्लान्टको बिजुली मुख्यतः आन्तरिक आवश्यकताको लागी वर्षको सुरुदेखि नै प्रयोग हुँदै आएको छ।

    गत वर्षको तुलनामा बिजुली निर्यात ३२४ मिलियन किलोवाटका दरले घटेको बताइएको छ।

    आश्विन २७, २०७८ बुधवार १७:५९:३१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अफगानिस्तान

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana