Logo

बिहिवार, मंसिर १६ गते २०७८

images

भारतीय कलाकार अनुपम खेरले नेपालमा बालबालिकालाई बाँडे स्वेटर

भारतीय कलाकार अनुपम खेरले नेपालमा बालबालिकालाई बाँडे स्वेटर

नेपालपाना आश्विन २८ २०७८
  • 3.5K
    SHARES
  • भारतीय कलाकार अनुपम खेरले नेपालमा बालबालिकालाई बाँडे स्वेटर

    काठमाडौं । लोकप्रिय भारतीय अभिनेता अनुपम खेर यति बेला नेपालमा छन्। खेरसहितबोमन इरानी, परणिती चोडपा लगायतको टोली सुरज वर्जत्यले निर्देशन गरिरकेको फिल्म ‘उचाईं’को छायंकनका लागि  नेपालमा छन् ।

    नेपालमा रहेका खेरले लुक्लाका बालबालिकालाई आफ्नी आमाले बुनिदिएको स्वेटर उपहारमा दिएका हुन्। 

    फिल्मको छायांकनकोक्रममा लुक्ला पुगेका उनले त्यहाँका बालबालिकालाई आफ्नी आमाले बुनिदिएको स्वेटर उपहारको रुपमा दिएका हुन्। 

    स्वेटर दिइरहेको भिडियो ट्विट गर्दै उनले लेखेका छन्, ‘आमाले बालबालिकाको लागि स्वेटर बुनिदिएनु भएको थियो।उहाँले मैले आफैंलेदिनु भन्नु भयो। लुक्लामा मैले बालबालिकालाई बोलाएर उनीहरुलाई मन परेको रंगको स्वेटर लैजान भनें। उनीहरु स्वेटर लगाउन पाउँदाखुसी थिए।’

     

    आश्विन २८, २०७८ बिहिवार १९:३२:२१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मनाेरञ्जन

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana