Logo

बुधवार, मंसिर १५ गते २०७८

images

चीनले गर्याे पैगम्बर मुहम्मदको अपमान, आक्रोशित पाकिस्तानीद्वारा चिनियाँमाथि भयङ्कर आक्रमण

चीनले गर्याे पैगम्बर मुहम्मदको अपमान, आक्रोशित पाकिस्तानीद्वारा चिनियाँमाथि भयङ्कर आक्रमण

नेपालपाना आश्विन २८ २०७८
  • 6.4K
    SHARES
  • चीनले गर्याे पैगम्बर मुहम्मदको अपमान, आक्रोशित पाकिस्तानीद्वारा चिनियाँमाथि भयङ्कर आक्रमण
    काठमाडौँ । फलामे दाजुभाइको उपमा दिने चीन र पाकिस्तानी नागरिकबिच भिडन्त भएपछि दुई देशबिच तनावको अवस्था सिर्जना भएको छ ।
     
    पाकिस्तानको फैसलावाद स्थित टायल उत्पादन कम्पनीमा कार्यरत चिनियाँ नागरिकहरूमाथि पाकिस्तानी नागरिकले आक्रमण गरेका हुन् ।
     
    इस्लामका संस्थापक पैगम्बर मुहम्मदको अपमान गरेको भन्दै पाकिस्तानी नागरिकहरूले चिनियाँ नागरिकमाथि आक्रमण गरेको बताइएको छ । 
     
    चिनियाँ नागरिकमाथि आक्रमण गरेको उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
     
    फैसलावाद स्थित टाइम सिरेमिक्स लिमिटेड कम्पनीमा स्थानीय पाकिस्तानी नागरिकहरूले आक्रमण गरेका हुन् । 
     
    कम्पनीले उत्पादन गर्ने टायलमा पैगम्बर मुहम्मदको नामको अगाडि पीबीयुएच शब्द थपेपछि विवाद भएको बताइएको छ ।
     
    स्थानीयले कम्पनीमा टायल तोडफोड गरेका छन् भने, चिनियाँ इन्जिनियर एवं कर्मचारीहरूमाथि समेत आक्रमण गरेका हुन् ।
     
    पछिल्लो समय चीनले आफ्नो विस्तारवादका लागि पाकिस्तानलाई प्रयोग गरिरहेको भन्दै आलोचना हुने गर्छ । चीन र पाकिस्तान मिलेर अन्य एसियाली शक्तिलाई टकराब दिन खोजेको समेत मानिन्छ ।
     
    यसै कारण चीन र पाकिस्तानबिचको तनावको अवस्था अर्थपूर्णरुपले हेरिने गरिन्छ । उसो त पाकिस्तानी नागरिकहरूले चीनको विरोध गर्दै आएका छन् । खास गरी पाकिस्तानको सिन्ध प्रान्तमा चीनको व्यापक विरोध हुने गर्छ ।
     
    चीनले आफ्नै स्वार्थका लागि पाकिस्तानमा अनेकौँ योजनाहरूमा ऋण लगानी गरिरहेको विषयमा समेत पाकिस्तानी नागरिकहरूले विरोध जनाउँदै आएका छन् ।
    हेर्नुहोस् भिडियो:

    आश्विन २८, २०७८ बिहिवार १९:५२:५७ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana