Logo

बिहिवार, मंसिर १६ गते २०७८

images

विवाहपछि महिलाको हिप किन बढ्छ ?

विवाहपछि महिलाको हिप किन बढ्छ ?

नेपालपाना आश्विन ३० २०७८
  • 3.4K
    SHARES
  • विवाहपछि महिलाको हिप किन बढ्छ ?

    काठमाडौं। विवाहपछि महिलाको शरीरमा धेरै किसिमको परिवर्तन आउँछ । खासगरी महिलाको शारिरिक परिवर्तन एवं उनीहरुको बोली चाली देखि हरेक कुरामा परिवर्तन आउँछ । महिलाहरुको शरीर एकदमै मोटाउने तथा हिप समेत विवाहपछि अक्सर बढ्छ । 

    यस बिषयमा युनिभर्सिटी अफ लिड्सका सोधकर्ताले अध्ययन गरेका थियो । सो अध्ययनका लागि गरिएको सर्वेले महिलाहरुको हिपको सबै भन्दा ठुलो भाग र कमरको सबै भन्दा पातलो भागको नाप समेत लिएको थियो ।

    यसबाट जुन केटीहरुले एकदिनमै पटक पटक यौन सम्बन्ध राखे उनीहरुको हिपको आकार अरु महिलाको भन्दा ठूलो पाइएको थियो ।

    यस्तै यो पनि थाहा भयो कि जुन महिलाको कम्मर पातलो हुन्छ उनी हरु बच्चालाई सजिलै जन्म दिन सक्छन् । जसको हिप ठूलो छ उनिहरुलाई गर्भवती हुँदा खासै समस्या नहुने बताइएको थियो ।

    यस्तै बिहेपछि महिलाहरु धेरै मोटाउनुको कारण पनि पत्ता लागेको छ । 

    ती कारण यस्ता छन् :

    अनिन्द्राः
    बिहेपछि धेरैजसो महिलाहरूको सुत्ने समय र दैनिकी बद्लिन्छ । थपिएको जिम्वेबारी बहन गर्दा गर्दै सुत्नको लागि पर्याप्त समयको अभावमा धेरैपटक अनिदो बस्नु पर्ने हुनसक्छ । कम्तिमा ७ घण्टा नसुत्नुको कारणले महिलाहरूको तौल बढ्ने गर्दछ ।

    हर्मोनको परिवर्तनः
    बिहेपछि परिवर्तन हुने जिवनशैली तथा चाहानाका कारण महिलाहरूको शरिरमा हर्मोन तिब्र रुपमा परिवर्तन गराउँछ,जुन तौल बढाउन जिम्मेवार छ ।

    उमेरको असरः
    विभिन्न अनुसन्धानका अनुशार बिहेपछि बढ्दो उमेरसँगै महिलाहरूको मेटाबोलिजमको दर कम हुदै जान्छ । जस कारण शरिरमा भएको बोसोको घट्ने प्रकिया कम हुन्छ र तौल बढ्छ ।

    सामाजिक दबाब कम हुनुः
    महिलाको लागि बिहे अघि राम्रो देखिन तथा राम्रो पती पाउनका लागि आफ्नो शरिरको फिटनेसलाई विशेष ध्यान दिएका हुन्छन । तर बिहे पछि यो दबाब कम हुन्छ , जसकारण महिलाहरु आफ्नो फिटनेसमा ध्यान दिदैनन् र तौल बढ्न जान्छ ।

    धेरै टिभी हेर्नुः
    प्रायजसो बिहे पछि हाम्रो समाजमा श्रीमान कामका लागि बाहिर जान्छन भने श्रीमती गृहणीको रुपमा घरमै बस्ने प्रचलन रहेको छ। दिउसोको खाली समयमा टेलिभिजन हेर्नु उनीहरुको सामान्य दैनिकी कुरा हो । जसबाट उनीहरुको शरिर शारिरिक रुपले निष्क्रिय रहने हुदाँ मोटोपन बढ्छ ।

    टेन्सन बढ्नुः
    बिहेपछि धेरैजसो महिलाहरुलाई नयाँ वातावरणमा घुलमिल गर्न असहज हुन्छ । यसले तनाब बढ्छ र साथसाथै तौल पनि ।

    गर्भवती अवस्थाः
    सामान्यतया बिहे भएको १-२ बर्षपछि धेरैजसो जोडीहरु सन्तान जन्माउने गर्दछन। महिला गर्भवती हुँदा आउने हर्मोनको परिवर्तन तथा चुस्त पोषणको कारणले मोटोपन बढ्ने गर्दछ।

    लापरवाहीः
    बिहेअघि महिलाहरु आफ्नो खानपिनलाई नियन्त्रणमा राखेका हुन्छन। तर बिहेपछि जिवनशैलीको कारण खानपिनमा खासै ध्यान दिन पाउदैन्न । त्यसैले तौल बढ्छ ।

    खानपिनमा परिवर्तनः
    बिहेपछि पतिको घरमा जस्तो खाना हुन्छ त्यस्तै खाना खानुपर्छ, धेरैजसोले ज्यादा फ्याट र मसलादार खाना खाने गर्दछन , यसले तौल बढाउँछ।

    प्राथमिकतामा परिवर्तनः
    बिहेपछि पति र घरपरिवार अनुशारको रुटीन बन्नेगर्दछ । यसकारण महिलाहरु आफ्नो ध्यान राख्ने मौका पाउदैन्न र तौल बढ्छ ।

    आश्विन ३०, २०७८ शनिवार १९:२३:५३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # स्वास्थ्य

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana