Logo

बिहिवार, मंसिर १६ गते २०७८

images

कुलेखानी-काठमाडौँ सडक खण्डमा दुर्घटना, दुईको मृत्यु

कुलेखानी-काठमाडौँ सडक खण्डमा दुर्घटना, दुईको मृत्यु

नेपालपाना आश्विन ३० २०७८
  • 1.8K
    SHARES
  • कुलेखानी-काठमाडौँ सडक खण्डमा  दुर्घटना, दुईको मृत्यु

    काठमाडौँ। हेटौडा कुलेखानी काठमाडौँ सडक खण्ड अन्तरगत इन्द्रसरोबर गाउपालिका वडा न २ लामिबगरमा आज दिउँसो करिब ३ः ३० बजे काठमाडौँबाट वीरगञ्ज जाँदै गरेको ना १ ज ४५११ न को  सुमो जीप अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

    सो दुर्घटनामा चालकसहित १० जना घाइतेलाइ प्रहरीले उद्धार गरी चार हेटौडा अस्पतालमा, चार काठमाडौँ सानेपाको स्टार हस्पिटलमा र दुइ जना पाटन अस्पतालमा उपचारको लागि लगिएको प्रहरीले जनाएको छ । 

    घाइतेमध्ये पाटन अस्पतालमा उपचारको क्रममा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ। मृतकहरुको अहिलेसम्म  सनाखत भइसकेको छैन ।

    आश्विन ३०, २०७८ शनिवार २०:३५:१९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # समाचार

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana