Logo

बिहिवार, मंसिर १६ गते २०७८

images

एमालेले याे पटक चियापान नगर्ने

एमालेले याे पटक चियापान नगर्ने

नेपालपाना कार्तिक २ २०७८
  • 1.8K
    SHARES
  • एमालेले याे पटक चियापान नगर्ने

    काठमाडौँ। नेकपा (एमाले)ले यसवर्ष पनि दसैँ, तिहार, नेपाल सम्बत् र छठपर्वको अवसरमा चियापान नगर्ने भएको छ । 

    कोरोना भाइरसको सङ्क्रमणको कारण एमालेले चियापान नगर्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङ्ले जानकारी दिएका हुन् । 

    यसअघि नेपाली कांग्रेसले पनि यसपटक चियापान नगर्ने निर्णय गरिसकेको छ । 

    एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री भएपछि एमालेले हरेक वर्ष चियापानको आयोजना गर्दै आइरहेको थियो । 

    गतवर्ष पनि कोरोना भाइरसको कारणले एमालेले चियापान गरेको थिएन । 

    कांग्रेसले २०३३ सालमा बीपी कोइरालाले राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि २०३४ सालदेखि हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन चियापान कार्यक्रम गर्दै आएको थियो ।

    कार्तिक २, २०७८ मंगलवार १८:२०:५७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # एमाले

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana