Logo

बिहिवार, मंसिर १६ गते २०७८

images

देशभर विपत्ती :  बझाङमा २३ जना बेपत्ता, महाकालीमा अहिलेसम्मकै उच्च वहाव

देशभर विपत्ती :  बझाङमा २३ जना बेपत्ता, महाकालीमा अहिलेसम्मकै उच्च वहाव

नेपालपाना कार्तिक २ २०७८
  • 1.8K
    SHARES
  • देशभर विपत्ती :  बझाङमा २३ जना बेपत्ता, महाकालीमा अहिलेसम्मकै उच्च वहाव

    काठमाडौँ । लगातार परिरहेको भारी वर्षाका कारण देशभर नै वितण्डा मच्चिएको छ । देशका कतिपय ठाउँमा बाढी, पहिरो र डुबानले मानिसहरुको उठीवास भएको छ ।

    कतिपय ठाउँमा मानिसहरु बेपत्ता भएका छन् । यसबिच बझाङको थलारा गाँउपालिका वडा नं ४ डिख्लामा गएराति पहिरो जाँदा २३ जना बेपत्ता भएका छन् । 

    गाउँभन्दा माथिको ढोगदिना भन्ने ठाउँबाट पहिरो खस्दा दुई गाउँका स्थानीय विस्थापित भएका छन् भने भने सात घर पुरिएका छन् । 
    बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका पाँच जना रहेका छन् ।

    उता महाकाली नदीको बहाव अहिलेसम्मकै उच्च रहेको छ । 

    मङ्गलवार दिउँसो गरिएको नदीको जलसतह मापनअनुसार पानीको बहाव पाँच लाख ४७ हजार २२४ क्यूसेक पुगेको छ । 

    पानीको बहाव आठ वर्ष यताकै उच्च हो । नदीको जलस्तर उच्च भएपछि ९२ साल पुरानो सीमा पुल आवतजावतमा पूर्णरुपमा रोक लगाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले बताए। नदीमा पानीको बहाव बढेसँगै महाकाली पुलमा रातो बत्ती बालिएको छ ।

    कार्तिक २, २०७८ मंगलवार १८:२५:३२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # समाचार

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana