Logo

बिहिवार, मंसिर १६ गते २०७८

images

एमाले अध्यक्षबाट ओलीको पदच्युत हुने संकेत, कस्को चम्किन्छ भाग्य ?

एमाले अध्यक्षबाट ओलीको पदच्युत हुने संकेत, कस्को चम्किन्छ भाग्य ?

नेपालपाना कार्तिक २ २०७८
  • 2.5K
    SHARES
  • एमाले अध्यक्षबाट ओलीको पदच्युत हुने संकेत, कस्को चम्किन्छ भाग्य ?

    काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले निकै गम्भीर मोडमा पुगेका छन् । अध्यक्ष ओली आउँदो फागुन ११ गते ७० वर्ष पूरा गरी ७१ वर्षमा प्रवेश गर्दैछन् । 

    ओली ७१ वर्ष प्रवेश गर्नुअघि नै एमालेको पार्टी महाधिवेशन हुने निश्चित नै छ । 

    तर, तर, कुनै अवस्थामा आउँदो फागुन ११ अघि एमालेको महाधिवेशन नभएको खण्डमा ओलीको अध्यक्ष पदच्युत सम्भावना समेत उत्तिकै रहेको छ ।

    उसोत एमालेले महाधिवेशनको मिति पनि तोकिसकेको छ । कुनै कारण बस फागुन ११ अघि एमालेको महाधिवेसन नभएमा ओली एमालेको कुनैपनि तहको कार्यकारी कमिटीको पदाधिकारी वा सदस्यमा निर्वाचित वा मनोनित हुन पाउनेछैनन् । 

    किनकी एमालेको विधान महाधिवेशनले ७० वर्ष उमेर हद पारित गरेर सार्वजनीक गरिसकेको छ । उक्त विधानमा भनिएको छ, '७० वर्ष उमेर पुरा भएको व्यक्ति सबै तहको कार्यकारी कमिटीको पदाधिकारी वा सदस्यमा निर्वाचित वा मनोनित हुन पाउनेछैन । तर, ७० वर्ष पुरा नहुँदै निर्वाचित वा मनोनित भएको व्यक्तिले अर्को महाधिवेशन नभएसम्म आफू निर्वाचित वा मनोनित पदमा रही जिम्मेवार बहन गर्न बाधा पुगेको मानिने छैन,’ स्पष्ट छ । 

    खासमा ओलीलाई नै पुनः नेतृत्वमा ल्याउने गरी यो विधान बनाइएको हो । यसै कारणले एमालेले ११ फागुन अघि नै महाधिवेशन गरिसक्ने छ । त्यसपछि ओली अध्यक्ष निर्वाचित भएमा ७० कटेपनि पूर्ण कार्यकालसम्म जिम्मेवारीमा रहिरहने छन् ।

    अहिले समयमै महाधिवेसन हुन नसकेकमा भने एमाले पार्टी अध्यक्षमा कुनै एक अर्का नेता उदाउने सम्भावना समेत देखिन्छ । यद्यपि, पार्टीमा पूर्णरुपमा ओलीकै हालीमुहाली भएका कारण अहिले समयमै महाधिवेसन भइसक्ने सम्भावना पनि उत्तिकै छ ।

    कार्तिक २, २०७८ मंगलवार २०:११:४९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली
  • # एमाले

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana