Logo

बिहिवार, मंसिर १६ गते २०७८

images

सीमा विवादको बिषयमा परराष्ट्रमन्त्री खड्काले चिनियाँ विदेशमन्त्रीसँग गरे वार्ता

सीमा विवादको बिषयमा परराष्ट्रमन्त्री खड्काले चिनियाँ विदेशमन्त्रीसँग गरे वार्ता

नेपालपाना कार्तिक २ २०७८
  • 2.6K
    SHARES
  • सीमा विवादको बिषयमा परराष्ट्रमन्त्री खड्काले चिनियाँ विदेशमन्त्रीसँग गरे वार्ता

    काठमाडौँ। परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच आज टेलिफोन संवाद भएको छ ।
         
    करिब एक घण्टा लामो कुराकानीका क्रममा चिनियाँ विदेशमन्त्री यीले नेपाललाई थप २० लाख मात्रा खोप अनुदान दिने घोषणा गर्नुभएको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । 

    सो अवसरमा दुई देशका विदेशमन्त्रीबीच आपसी हित र दुईपक्षीय सम्बन्धका विविध विषयमा कुराकानी भएको छ ।

     कुराकानीका क्रममा कोभिडविरुद्धको खोपमा सहकार्य, व्यापार र विकासमा समन्वय र सीमा व्यवस्थापनका विषयमा छलफल भएको थियो । 

    तातोपानी र रसुवागढी नाकालाई थप सहज बनाउने विषयमासमेत कुराकानी भएको मन्त्रालयले जनाएको छ ।
         
    साथै दुई विदेशमन्त्रबीच साझा स्वार्थका सम्बन्धमा नजिकबाट समान धारणा बनाएर दुई देशबीचको परम्परागत लामो सम्बन्धलाई थप प्रगाढ तुल्याउन दुईपक्षीय समन्वय र सहकार्यलाई महत्व दिनेबारे कुराकानी भएको छ । 

    सो क्रममा विदेशमन्त्री यीले परराष्ट्रमन्त्री खड्कालाई चीन भ्रमणको निम्तोसमेत दिनुभएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

    कार्तिक २, २०७८ मंगलवार २०:१७:२८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नारायण खड्का

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana