Logo

बुधवार, मंसिर १५ गते २०७८

images

विपदका बेला जनताको रक्षा गर्न सरकारको यस्तो एक्सन, गृहमन्त्री खाँड आफै खटिए

विपदका बेला जनताको रक्षा गर्न सरकारको यस्तो एक्सन, गृहमन्त्री खाँड आफै खटिए

नेपालपाना कार्तिक ३ २०७८
  • 2.1K
    SHARES
  • विपदका बेला जनताको रक्षा गर्न सरकारको यस्तो एक्सन, गृहमन्त्री खाँड आफै खटिए

    काठमाडौं । देशभर बाढी पहिरो तथा डुबानको प्रकोप छ । हजारौं नागरिक प्रभावित भएका छन् । सयौं परिवार विस्थापित भएका छन् । विपदको यो जटिल र जोखिमपूर्ण अवस्थामा सरकार भने चनाखो बनेको छ ।

    जनतालाई सरकार छ भन्ने अनुभूति भएको छ । सरकारको तदारुकता र एकसनले सयौं नागरिकको ज्यान, घरबार सम्पत्ति जोगिएको छ ।

    सोमबारदेखि सुरु भएको अविरल वर्षापछि मंगलबार देशका विभिन्न ठाउँमा बाढी पहिरो र डुबान देखियो । यो देखिएपछि मंगलबार विहानै प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाँडलाई बोलाएर प्रभावितहरुको उद्धार र राहतमा खटिन निर्देशन दिए ।

    प्रधानमन्त्रीको निर्देशनपछि गृहमन्त्री खाँड आफ्ना निर्धारित कार्यक्रम स्थगित गरेर उद्धार तथा राहतमा खटिए । नेपाली सेनाका हेलिकोप्टर ठाउँ ठाउँमा परिचालन गरे । प्रहरीदेखि सेनासम्म सबै सुरक्षाकर्मीको परिचालन, प्रदेश सरकारलाई सक्रिय बनाउने काममा खाँड लागे । जसको अनुभूति जनताले पनि गर्न पाए ।

    यसैको एक उदाहरण हो पश्चिम नेपालको कञ्चनपुर जिल्ला । यहाँको भीमदत्त नगरपालिका ९ मुसेट्टिमा फसेका ५ जनाको उद्दार गरियो । सुर्खेतबाट सेनाको पश्चिम कमाण्ड हेलिकोप्टर गएर प्रतिकूल मौसमका बाबजुद सेनाको टोलीले बेलुका ५ बजे उद्दार गरेको हो ।

    कठिन परिस्थितिमा गरेको यो उद्धारका लागि सरकार तथा सेनालाई यहाँका नागरिकले धन्यवाद दिइरहेका छन् । त्यसैगरी अन्य ठाउँमा पनि उद्धार र राहतमा हेलिकोप्टर परिचालन गरिएको छ । पहिरोले अवरुद्ध बाटो खुलाउन सुरक्षाकर्मी परिचालन गरिएको छ ।

    अवरुद्ध सडक सूचारु गरी आगमन सहज बनाउने कार्य भइरहेको छ ।

    कार्तिक ३, २०७८ बुधवार ०७:१४:२९ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana