Logo

बिहिवार, मंसिर १६ गते २०७८

images

जेलबाट नछुट्ने भए शाहरुखका छोरा आर्यन

जेलबाट नछुट्ने भए शाहरुखका छोरा आर्यन

नेपालपाना कार्तिक ३ २०७८
  • 3.2K
    SHARES
  • जेलबाट नछुट्ने भए शाहरुखका छोरा आर्यन

    काठमाडाैँ । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान अहिलेको लागि जेलमा नै  रहने भएका छन् ।

    मुम्बईको विशेष एनडीपीएस अदालतले क्रुज ड्रग्स पार्टी केसका आरोपीत आर्यनसमेत अरबाज मर्चेन्ट र मुनमुन धमिचालाई जमानतमा छाेड्न नदिएपछि उनी जेलमै रहनेका हुन् ।

    २ अक्टोबरमा पक्राउ परेका आर्यन ८ अक्टोबरदेखि मुम्बईको आर्थर रोड जेलमा छन् । आर्यनका वकिलले अब बम्बई उच्च अदालतको शरण लिनेछन्। 

    मंगलबार मुम्बईस्थित एनडीपीसी कोर्टमा भएको सुनुवाइमा जमानत याचिका खारेज गरिएको हो । आर्यनसँगै उनका साथीहरू अरबाज मर्चेन्ट र मुनमुन धमेचाको पनि जमानत रद्द भएको हो ।

    आर्यन खान बिरुद्ध एनडीपीएस ऐनको धारा ८ (ग), २० (ख), २७ २८, २९ र ३५ अन्तर्गत मुद्दा दर्ता गरिएको छ। एनसीबीले यस मामिलामा अहिलेसम्म २० जनालाई पक्राउ गरेको छ।

    कार्तिक ३, २०७८ बुधवार २०:०७:४० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मनाेरञ्जन

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana