Logo

सोमवार, मंसिर १२ गते २०७९

विश्वभरका सांसदहरुको सञ्जालको वोर्ड सदस्यमा गगन थापा 

विश्वभरका सांसदहरुको सञ्जालको वोर्ड सदस्यमा गगन थापा 

नेपालपाना कार्तिक ३ २०७८
  • 10.3K
    SHARES
  • विश्वभरका सांसदहरुको सञ्जालको वोर्ड सदस्यमा गगन थापा 

    काठमाडौँ। विश्वभर विभिन्न देशका सांसदहरुको अन्तर्राष्ट्रिय सञ्जालको वोर्ड सदस्यमा नेपालका सांसद गगनकुमार थापा निर्वाचित भएका छन् । 

    विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रकोष सम्बन्धी यो अन्तर्राष्ट्रिय सञ्जालको वोर्ड सदस्यमा थापा २०२३ सम्मका लागि निर्वाचित भएका हुन् ।

    नेपाली कांग्रेसका नेता समेत रहेका थापाले अब, विश्वका १४० भन्दा बढी देशका संसदहरूसँगै समावेशी विकासका लागि काम गर्ने छन् । 

    यस अवसरलाई आफूले सिक्ने, सम्वन्ध विस्तार गर्ने र सक्दो योगदान गर्ने मौकाको रुपमा उपयोग गर्ने सांसद थापाले बताए । 
    उनले सांसदहरुको अन्तर्राष्ट्रिय संजालको अग्रपंक्तिका लागि निर्वाचित भएको खबरले आफूलाई उत्साही बनाएको उल्लेख गरेका छन् । 

    कार्तिक ३, २०७८ बुधवार २०:२१:४१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # गगन थापा
  • # गगनकुमार थापा

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend