Logo

शनिवार, मंसिर १८ गते २०७८

images

सर्वोच्चबाट ठूलो निर्णय आउनै लाग्दा प्रचण्ड प्रधानन्यायाधीशको शरणमा, प्रधानमन्त्री देउवाको अर्कै तयारी

सर्वोच्चबाट ठूलो निर्णय आउनै लाग्दा प्रचण्ड प्रधानन्यायाधीशको शरणमा, प्रधानमन्त्री देउवाको अर्कै तयारी

नेपालपाना कार्तिक ४ २०७८
  • 14.5K
    SHARES
  • सर्वोच्चबाट ठूलो निर्णय आउनै लाग्दा प्रचण्ड प्रधानन्यायाधीशको शरणमा, प्रधानमन्त्री देउवाको अर्कै तयारी

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको निवास पुगेका छन् ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धन बैठक सकाएर गठबन्धनका शीर्ष नेता प्रचण्ड छेउमै रहेको प्रधानन्यायाधीश निवासमा छिरेर जबरासँग भेट गरेका हुन् । बालुवाटारको उच्च स्रोतबाट प्राप्त सूचनाअनुसार गठबन्धनको बैठक सकेर सबै नेता बाहिरिएका थिए ।

    प्रधानमन्त्री शेरबहादुर देउवा पनि हेलिकोप्टरबाट सुदूरपश्चिमको बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षणका लागि निस्किए । तर प्रचण्ड प्रधानमन्त्री निवाससँगै जोडिएको प्रधानन्यायाधीश निवास छिरे ।

    अकस्मात किन गए ?

    सर्वोच्च अदालतले कार्तिक १५ गते माधव नेपाल नेतृत्वको पार्टी नेकपा समाजवादीको भविष्य र तत्कालीन एमालेका १४ सांसदको पद कायम रहने/नरहने फैसला सुनाउँदैछ । यो मुद्दा प्रधानन्यायाधीश जबराकै इजलासले हेरेको हो । निर्णय तयार भइसकेको र १५ गते सुनाउने दिन तोकिएको छ । त्यसैगरी सभामुख अग्निप्रसाद सापकोटाको मुद्दा पनि पेण्डिङमा छ ।

    साथै माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्धको ललितानिवास जग्गा प्रकरणको मुद्दा पनि विचाराधीन छ । होलसेलमा यी मुद्दाहरुबारे छलफल गर्न र खासगरी कात्तिक १५ मा आउने माधव नेपालको पार्टी र १४ सांसद सम्बन्धी मुद्दालाई एजेण्डा बनाएर प्रचण्ड प्रधानन्यायाधीश निवास छिरेको सत्ता गठबन्धनका एक उच्च नेताले बताए ।

    अदालतबाट आउने फैसलाका आधारमा प्रधानमन्त्री देउवाले अगाडि बढ्ने भने पनि प्रचण्ड दौडिदै प्रधानन्यायाधीशको शरणमा पुगेको ती नेताको दाबी छ ।

    प्रधानमन्त्री देउवा आगामी फागुनमा सबै चुनाव एकपटक गर्नेगरी कानुनी तथा व्यवहारिक व्यवस्थापनमा लागेका छन् ।

    त्यसमाथि झन सर्वोच्चबाट माधव नेपालको पार्टी नै नरहे देउवालाई अघि बढ्न सहज हुनेछ । यसबाट सबैभन्दा घाटा प्रचण्ड र माधव नेपाललाई नै हुनेछ । किनभने प्रचण्डले आगामी चुनावमा माधव नेपाल, उपेन्द्र यादव लगायत कम्युनिस्टसँग गठबन्धन गर्ने तयारी गरेका छन् । कांग्रेस भने एक्लै चुनावमा भिड्ने तयारीमा छन् । चुनावी गठबन्धनको पक्षमा छैन ।

    प्रधानन्यायाधीशसँगको भेटमा के कुरा भयो भन्ने खुल्न सकेको छैन । तर प्रचण्डले माथिकै एजेण्डा राखेको ती नेता बताउँछन् ।

    कार्तिक ४, २०७८ बिहिवार ११:२२:०७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सत्ता गठबन्धन

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana