Logo

बिहिवार, मंसिर १६ गते २०७८

images

सी भ्रमणको दुई वर्षपछि पनि अन्योलमा नेपाल-चीन रणनीतिक साझेदारी गर्ने सम्झौता

सी भ्रमणको दुई वर्षपछि पनि अन्योलमा नेपाल-चीन रणनीतिक साझेदारी गर्ने सम्झौता

नेपालपाना कार्तिक ४ २०७८
  • 2.3K
    SHARES
  • सी भ्रमणको दुई वर्षपछि पनि अन्योलमा नेपाल-चीन रणनीतिक साझेदारी गर्ने सम्झौता

    काठमाडौं। नेपाल र चीनले द्विपक्षीय सम्बन्धलाई रणनीतिक साझेदारीमा पुर्याएको दुई वर्षभन्दा बढी समय भइसकेको छ।

    जब अक्टोबर १३, २०१९ मा चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण सकिएपछि जारी गरिएको संयुक्त वक्तव्यमा शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त, संयुक्त राष्ट्र संघको बडापत्र र असल छिमेकीको सिद्धान्तको आधारमा निर्णय गर्ने, नेपाल चीनबीचको बृहत साझेदारीको सहकार्यलाई सदा कामय रहने रणनीतिक साझेदारीको सहकार्यलाई अघि बढाउने उल्लेख गरिएको थियो।

    नेपाल र चीनले संयुक्तरुपमा जारी गरेको वक्तव्यमा रणनीतिक साझेदारी वाक्यांशको उल्लेख गरिएको यो पहिलो पटक हो। त्यस समय धेरैले यो वास्तवमा के भन्न खोजेको हो भन्ने कुराको अन्योलमा रहेका थिए। दुई वर्ष पछि पनि परराष्ट्र मामिला विशेषज्ञहरु र विश्लेषकहरु यसको बारेमा अझै पनि सोचिरहेका छन् नेपाल र चीनबीचको रणनीतिक साझेदारी को अर्थ के हो?

    विगत दुई वर्षमा दुबै पक्षले रणनीतिक साझेदारीको सम्भावित खाका, विकास र समृद्धिको लक्ष्य राखेका थिए। र कुनै पक्षले सीको नेपाल भ्रमणको क्रममा हस्ताक्षर भएका सम्झौता र समझदारीहरुलाई कसरी कार्यान्वयन गर्ने भन्ने बारेमा छलफल गरेका छैनन्।

    २३ वर्षपछि चिनियाँ राष्ट्रपतिले नेपालको पहिलो भ्रमण गरेका थिए। दुई वरिष्ठ सरकारी अधिकारीले दुई देशहरु बीच पाँच बर्षमा चार उच्चस्तरीय भ्रमणहरुको क्रममा भएको सम्झौता र समझदारीहरुको कार्यान्वयनको स्थितिलाई ठोसरुपमा अघि बढाउन नसकेको स्वीकार गरेका छन्।

    सीको भ्रमणपटि गत वर्षको डिसेम्बरमा नेपाल र चीनले संयुक्तरुपमा सगरमाथामो उचाइ निर्धारण गरेका थिए। पछिल्ला दुई बर्षहरुमा बेइजिङबाट भएको काठमाडौं भ्रमणका क्रममा रणनीतिक साझेदारी बताइए पनि वास्तवमा त्यो रणनीतिक साझेदारी के कुरामा भनिएको भन्ने कुराको अन्योलता कायमै रहेको सरकारी अधिकारीहरु र विश्लेषकहरुले बताइरहेका छन्।

    चीनका पूर्व राजदूत लीलामणि पौड्यालका अनुसार रणनीतिक साझेदारी विकास र समृद्धिको लागि भएको बताउँछन। रणनीतिक साझेदारीको मुख्य उद्देश्य देशको सुदृढीकरण र विकासको एजेन्डा तय गर्नु रहेको बताए।

    कोभिड १९ महामारीका कारण केही क्षेत्रमा प्रगति गर्न नसकेको उल्लेख गर्दै विकासको कुरालाई अघि बढाउन उक्त बुँदा राखिएको उनको भनाइ छ। उनले सीको भ्रमणभन्दा पहिले नै हस्ताक्षर गरिएका धेरै सम्झौता र समझादारीहरुको कार्यान्वयनमा पनि खास प्रगति नभएको बताए।

    केपी शर्मा ओलीले सन् २०१६ मा बेइजिङको भ्रमण गरेपछि भारतीय सीमा नाकाबन्दीविरुद्ध खरो उत्रिएका थिए। उनले नेपाल र चीन सम्बन्धलाई रणनीतिक साझेदारीमा अगाडि बढाउने काम भइरहेको बताएका थिए।

    प्रधानमन्त्रीको रूपमा आफ्नो पहिलो कार्यकालमा ओलीले पारवहन र यातायात सम्झौतासहित धेरै सम्झौताहरुमा हस्ताक्षर गरे जस अनुसार चीनले नेपालको लागी आफ्नो सात समुद्री र स्थल बन्दरगाह तेस्रो देशको व्यापारको लागी प्रयोग गर्न सहमत भएको थियो। तर, उक्त सम्झौताको कार्यान्वयनको अवस्था बारे सरकार नै बेखबर छ।

    कार्तिक ४, २०७८ बिहिवार १५:४२:३९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाल-चीन-सम्बन्ध

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana