Logo

शनिवार, मंसिर १८ गते २०७८

images

जनताको दैलोमा पुगेर दु:ख सुन्दै प्रधानमन्त्री देउवा, अरुजस्तो बालुवाटार खुट्टा तानेर बसेनन्, नागरिकको सुखदुखमा सँगसँगै

जनताको दैलोमा पुगेर दु:ख सुन्दै प्रधानमन्त्री देउवा, अरुजस्तो बालुवाटार खुट्टा तानेर बसेनन्, नागरिकको सुखदुखमा सँगसँगै

नेपालपाना कार्तिक ४ २०७८
  • 55.2K
    SHARES
  • जनताको दैलोमा पुगेर दु:ख सुन्दै प्रधानमन्त्री देउवा, अरुजस्तो बालुवाटार खुट्टा तानेर बसेनन्, नागरिकको सुखदुखमा सँगसँगै

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिम भ्रमणमा छन् । जनताको दुख समस्या सुन्न र त्यसलाई समाधान गर्न देउवा प्रत्यक्ष रुपमा सुदूरपश्चिम पुगेका हुन् । सुर्खेत, डोटी, बझाङ, बैतडी हुँदै देउवा कञ्चनपुर पुगेका छन् ।

    प्रधानमन्त्री देउवा अरुजस्तो बालुवाटारमा खुट्टा तानेर, आराम गरेर बसेनन् । बरु वर्षा रोकिएलगत्तै प्रभावित क्षेत्रमा पुगे । सँगै मन्त्रीहरु पनि लगे । नेताहरु पनि लगे । उत्तरदायी सरकार र जनप्रतिनिधिका रुपमा पहल कदमी लिए ।

    देउवाले सुर्खेतमा लगातारको वर्षाका कारण भएको क्षतिको अनुगमनपछि राहत दिने बताए । बिहीबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले नागरिकको जनधनको क्षतिको अनुगमनपछि थप राहत दिने बताए ।

    सुदूरपश्चिम प्रदेशको बाढी प्रभावित क्षेत्रमा अनुगमनका लागि हिँडेका प्रधानमन्त्री देउवाले सुर्खेत विमानस्थल करिब आधा घन्टा बिताएका थिए । देशभर बाढीपहिरोको कारण ठूलो क्षति भएको भन्दै उनले सरकारले उचित क्षतिपूर्ति दिने घोषणा गरे ।

    प्रधानमन्त्री देउवाले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलगायत विभागीय मन्त्रीहरूसँग समेत छलफल गरेका थिए । बिहीबार बिहान ८:२० मा उनी काठमाडौंबाट सुर्खेत आइपुगेका थिए ।

    प्रधानमन्त्री कर्णाली र सुदूरपश्चिममा बाढीपहिरोले पुर्या एको क्षतिको निरीक्षण गर्न आएका हुन् । सुर्खेत विमानस्थलमा हेलिकप्टरले फ्युल भरेपछि उनी डोटीको दिपायल लागेका छन् ।

    नेपाली सेनासँग बाढीपीडितको अवस्था बिफ्रिङ सुनेर उनी बझाङ थलाराको स्थलगत अवलोकन गरे । प्रधानमन्त्रीले बझाङ चैनपुर सैनिक ब्यारेकमा ब्रिफिङ, ढुंगाड बाढीपहिरो पीडित क्षेत्रको स्थलगत अवलोकन र डडेल्धुराको दहस्थित सैनिक ब्यारेकमा लन्च खाने कार्यक्रम छ ।

    दह ब्यारेकमा खाना खाएर प्रधानमन्त्री देउवा डडेल्धुराको जोगबुढामा बाढीको स्थलगत अवलोकन गर्ने, त्यहाँबाट कन्चनपुरको महेन्द्रनगर सैनिक ब्यारेकमा पुग्ने कार्यक्रम छ ।

    कन्चनपुरमा रहँदा ब्रहमदेव र चाँदनी दोधाराको स्थलगत अवलोकन गर्ने छन् । आज बेलुका उनी कैलालीको धनगढीको डिभोटीमा बास बस्ने छन् । प्रधानमन्त्री देउवा भोलि मात्र काठमाडौं फर्किने छन् ।

    उनीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले तथा कांग्रेस केन्द्रीय सदस्यहरू रमेश लेखक र वीरबहादुर बलायर छन् ।

    कार्तिक ४, २०७८ बिहिवार १६:०१:३३ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana