Logo

शनिवार, मंसिर १८ गते २०७८

images

सीमा विवाद देखिएको हुम्लाका जनता फकाउन चीनले फाल्यो चारो, पहिले दिएको थियो नबोल्ने धम्की

सीमा विवाद देखिएको हुम्लाका जनता फकाउन चीनले फाल्यो चारो, पहिले दिएको थियो नबोल्ने धम्की

नेपालपाना कार्तिक ४ २०७८
  • 10.2K
    SHARES
  • सीमा विवाद देखिएको हुम्लाका जनता फकाउन चीनले फाल्यो चारो, पहिले दिएको थियो नबोल्ने धम्की

    काठमाडौं । उत्तरी छिमेकी चीनले नेपालको सीमावर्ती जिल्ला हुम्लालाई केही स्वास्थ्य सामग्री र खाद्यान्न वितरण गरेको छ ।

    खाद्यान्नमा चामल र पिठो छ । हुम्ला त्यहीँ जिल्ला हो जहाँ चीनले सीमा मात्रै मिचेको छैन मिचिएको बारे केही बोले नाका बन्द गरेर भोकै मर्न बाध्य पार्ने, चाइना छिर्न नदिने धम्की दिएको थियो । यो तथ्य हालै सरकारी टोलीले गरेको अध्ययनमा स्थानीयले खुलाएका थिए ।

    विगतमा कांग्रेस नेता जीवनबहादुर शाहीले पनि यो कुरा बाहिर ल्याउँदा धेरैले पत्याएका थिएनन् । उल्टै चीनविरुद्ध गएको आरोप लगाएका थिए । तर अहिले सरकारी टोलीसँग स्थानीयले प्रत्यक्ष मुख खोलेपछि बाहिर आयो । सरकारी टोलीले सीमा समस्या रहेको निष्कर्ष निकाल्दै द्विपक्षीय छानविनका लागि प्रतिवेदन समेत बुझाइसकेको छ ।

    परराष्ट्रमन्त्री नारायण खड्काले चिनियाँ समकक्षी वाङ यी सँग पनि यो कुरा उठाइसकेका छन् । यस्तो बेला चीन हुम्लाका जनता फकाउन चारो फालेको छ । सहयोगका नाममा हुम्लाबासी फकाउने र सीमा मिचिएको कुरा सामसुम पार्ने चिनियाँ रणनीति देखिएको छ । यो रणनीति कम्युनिस्ट सरकारका पालामा सफल भएको थियो । तर एङ्क इन्च पनि भूमि नछोड्ने विपी कोइरालाको पार्टी कांग्रेसको सरकार हुँदा चिनियाँ रणनीति फेल भएको छ ।

    शेरबहादुर देउवा सरकारले चीनसँग नझुकी सीमा विवाद सुल्झाउन अग्रसरता लिएको छ । यस्तो बेला बिहीबार चिनियाँ विदेश मन्त्रालय र तिब्बत स्वायत्त क्षेत्रका स्थानीय अधिकारीले हुम्लालाई स्वास्थ्य तथा दैनिक उपभोग्य सामग्री उपलब्ध गराएको हो । यो सहयोगलाई राजदूत यान्छीले महामारीविरुद्ध दुई देशको संयुक्त लडाइँको एक महत्वपूर्ण पक्ष भनेकी छन् ।

    तर यान्छी तिनै राजदूत हुन् जसले हुम्लाको सीमा विवाद डाकछोप गर्ने पटक पटक प्रयास गर्दै आएकी छन् । सीमा नमिचिएको दाबी गर्दै आएकी छन् ।

    कार्तिक ४, २०७८ बिहिवार १८:०८:४५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # हुम्ला_सीमा_विवाद

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana