Logo

आइतवार, मंसिर १२ गते २०७८

images

सुदूरपश्चिम पुगेर प्रधानमन्त्री देउवाले गरे बिशेष निर्णय, देशवासीमा खुसीयाली

सुदूरपश्चिम पुगेर प्रधानमन्त्री देउवाले गरे बिशेष निर्णय, देशवासीमा खुसीयाली

नेपालपाना कार्तिक ४ २०७८
  • 2.6K
    SHARES
  • सुदूरपश्चिम पुगेर प्रधानमन्त्री देउवाले गरे बिशेष निर्णय, देशवासीमा खुसीयाली

    काठमाडौँ। सुदूरपश्चिम पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी र पहिराबाट भएको क्षति र पीडितलाई सम्बोधन हुनेगरी गुरुयोजना बनाइने बताएका छन् । 

    बाढी प्रभावित क्षेत्र निरीक्षणका क्रममा आज साँझ कञ्चनपुरको दोधारा–चाँदनी पुगेका प्रधानमन्त्री देउवाले सुदूरपश्चिम बाढी र पहिराबाट नराम्ररी प्रभावित भएको बताए ।

    “बाढी र पहिराले यहाँको अवस्था नै दयनीय बनाइदिएको मैले निरीक्षणका क्रममा पाए”, उनले भने, “निरीक्षणपछि काठमाडौँ फर्किएर गुरुयोजना बनाएर सम्बोधन गरिनेछ ।” उनले आफू निरीक्षणका क्रममा यहाँ बाढी र पहिराले पु¥याएको क्षति देखेर दुखित भएको बताए ।

    प्रधानमन्त्री देउवाको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, पर्यटनमन्त्री प्रेम आले, पूर्वमन्त्री रमेश लेखक, नारायणप्रकाश साउद र वीरबहादुर बलायर सहभागी थिए । प्रधानमन्त्रीले डोटी, बझाङ, बैतडी, डडेल्धुरा हुँदै बाढीको क्षति र अवस्थाबारे आज साँझ कञ्चनपुर पुगेर स्थलगत जानकारी लिएका हुन् । 

    उनले कञ्चनपुरमा ब्रह्मदेव र महाकाली तटीय क्षेत्रमा हवाई निरीक्षणसमेत गरेका थिए ।

    सुदूरपश्चिममा बाढी र पहिराका कारण ३१ जनाको मृत्यु भइसकेको छ भने २३ जना बेपत्ता र १७ जना घाइते भएका छन् । पहिराले सडकमा क्षति पुगेपछि पहाडी जिल्लाको यातायात सेवा अझै निर्वाधरूपमा सञ्चालन नहुन सकेको छैन । 

    कार्तिक ४, २०७८ बिहिवार १९:२७:३८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शेरबहादुर देउवा

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana