Logo

आइतवार, मंसिर १८ गते २०७९

मुस्ताङमा उत्रियो ३५ जनाको भारतीय सैन्य टोली

मुस्ताङमा उत्रियो ३५ जनाको भारतीय सैन्य टोली

नेपालपाना कार्तिक ४ २०७८
  • 20.9K
    SHARES
  • मुस्ताङमा उत्रियो ३५ जनाको भारतीय सैन्य टोली

    काठमाडौँ । भारतीय सेनाको रियर एड मिरल धिरेन भिगको नेतृत्वमा ३५ जनाको सैन्य टोली बिहीबार बिहान मुस्ताङमा उत्रिएको छ ।

    नेपाली सेनाको २ वटा हेलिकोप्टरमार्फत उक्त टोली मुस्ताङ पुगेको हो । भारतको नयाँ दिल्लीस्थित नेशनल डिफेन्स कलेजमा संञ्चालित ‘नेशनल डिफेन्स’ कोर्समा सहभागी भारतीय सेनाको टोली मुस्ताङ आएको हो ।

    टोलीले मुक्तिनाथ दर्शन तथा घरपझोङ—५ कैसाङ स्थित सैनिक उच्चशिखर शिक्षालयको अवलोकन गर्ने कार्यक्रम रहेको थियो । टोलीलाई नेपाली सेनाको टोलीले कडा सुरक्षा निगरानी गरेको छ। 

    भारतीय सेनाको टोली मुक्तिनाथ र कैसाङ क्याम्पको अवलोकन गरेर केही घण्टामै फर्किने कार्यक्रम रहेको थियो ।

    कार्तिक ४, २०७८ बिहिवार २०:०९:१० बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend