Logo

आइतवार, मंसिर १२ गते २०७८

images

मौमस फेरि बिग्रियो, कहाँ कहाँ हुँदैछ वर्षा ? सतर्क रहन आह्वान

मौमस फेरि बिग्रियो, कहाँ कहाँ हुँदैछ वर्षा ? सतर्क रहन आह्वान

नेपालपाना कार्तिक ५ २०७८
  • 10.4K
    SHARES
  • मौमस फेरि बिग्रियो, कहाँ कहाँ हुँदैछ वर्षा ? सतर्क रहन आह्वान

    काठमाडौं । नेपालमा फेरि मौसम बिग्रिएको छ । बिहीबारबाट सुधार हुने भनिए पनि आज शुक्रबार मौसम बिग्रिएको हो । धेरै ठाउँमा पानी पर्ने अनुमान छ ।

    हाल नेपालमा असर गर्ने उल्लेखनीय मौसमी प्रणाली नरहे पनि देशभर आंशिकदेखि सामान्य बदली र केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    अहिले प्रदेश नं १ र बागमती प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

    रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहने जनाइएको छ । शनिबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । अहिले प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

    राजधानी काठमाडौँ उपत्यकामा आज बिहानैदेखि बदली रहेको छ । बदलीका कारण उपत्यकामा केही चिसो महसुस गरिएको छ । काठमाडौँको अधिकतम २८ दशमलव पाँच र न्यूनतम तापक्रम १६ डिग्री सेल्सियस रहेको छ ।

    कार्तिक ५, २०७८ शुक्रवार १०:४०:१८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भारी वर्षा

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana