Logo

शनिवार, मंसिर १८ गते २०७८

images

सुदूरपश्चिमको बाढी पहिरो प्रभावित क्षेत्र पुगेर काठमाडौं फर्केपछि ठूलो घोषणा गर्दै प्रधानमन्त्री देउवा

सुदूरपश्चिमको बाढी पहिरो प्रभावित क्षेत्र पुगेर काठमाडौं फर्केपछि ठूलो घोषणा गर्दै प्रधानमन्त्री देउवा

नेपालपाना कार्तिक ५ २०७८
  • 4.1K
    SHARES
  • सुदूरपश्चिमको बाढी पहिरो प्रभावित क्षेत्र पुगेर काठमाडौं फर्केपछि ठूलो घोषणा गर्दै प्रधानमन्त्री देउवा

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमसहित बाढी पहिरो डुबान क्षेत्रका लागि थप राहतको प्याकेज घोषणा गर्ने तयारी गरेका छन् ।

    सुदूरपश्चिमका प्रभावित क्षेत्रको अवलोकनमा जानुअघि मन्त्रिपरिषद्बाट राहत प्याकेजको घोषणा गरेका प्रधानमन्त्री देउवाले प्रत्यक्ष अवलोकनपछि थप प्याकेजको घोषणाको तयारी गरेका हुन् । यसले पीडितहरुले राहतका साथै बासको व्यवस्था पनि पाउने भएका छन् । क्षतिपूर्तिका विषयमा पनि घोषणा हुनसक्ने बताइएको छ ।

    त्यसैगरी सुदूरपश्चिमलाई विपदग्रस्त क्षेत्र घोषणा गर्ने पनि निर्णय हुन सक्ने सुदूरपश्चिमका नेता बताउँछन् । प्रभावित क्षेत्रको अवलोकन गरिसकेपछि प्रधानमन्त्री देउवाले धनगढीमा कार्यकर्ता भेटघाटमा प्राकृतिक विपत्तिका बेला राजनीतिभन्दा माथि उठेर पीडित जनताको उद्धार र राहतको काममा लाग्न पार्टी कार्यकर्तालाई निर्देशन दिएका छन् ।

    प्रदेशमा बाढीपहिरो र डुबान तथा नदी कटानको अवस्था गम्भीर देखिँदा आफू दुःखित भएको बताए । बाढी पहिराबाट सुदूरपश्चिमका अलावा देशका पूर्वी भेगका जनतासमेत पीडित बनेको उल्लेख गर्दै उनले भने, 'बाढीपहिरोबाट पीडितलाई राहत प्याकेज उपलब्ध गराउन मन्त्रिपरिषद्ले निर्णय गरेको छ, काठमाडौँ पुगेपछि उपलब्ध गराइने राहतका बारेमा थप छलफल गरिने छ ।'

    प्रधानमन्त्री देउवाले प्राकृतिक प्रकोपबाट प्रभावित जनताले भोगेको दुःख मनन् गरेर सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    प्रधानमन्त्री देउवा वर्षासँगै उत्पन्न बाढीपहिरो, डुबान, नदी कटानबाट डोटी , बझाङ, बैतडी, डडेलधुरा र कञ्चपुरमा भएको क्षतिको निरीक्षण अवलोकन गरी साँझ धनगढी पुगेका थिए ।

    प्रधानमन्त्री नेतृत्वको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, पूर्वमन्त्री एनपी साउद, रमेश लेखक, वीरबहादुर बलायरलगायत सहभागी थिए ।

    कार्तिक ५, २०७८ शुक्रवार १०:४३:११ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana