Logo

आइतवार, मंसिर १२ गते २०७८

images

देशभर जनता बाढीपहिरोको आहतमा, प्रधानमन्त्री दौडेको दौड्यै, प्रचण्ड भने सुकुटेको रिसोर्ट परिवारसहित मस्तीमा

देशभर जनता बाढीपहिरोको आहतमा, प्रधानमन्त्री दौडेको दौड्यै, प्रचण्ड भने सुकुटेको रिसोर्ट परिवारसहित मस्तीमा

नेपालपाना कार्तिक ५ २०७८
  • 1.9K
    SHARES
  • देशभर जनता बाढीपहिरोको आहतमा, प्रधानमन्त्री दौडेको दौड्यै, प्रचण्ड भने सुकुटेको रिसोर्ट परिवारसहित मस्तीमा

    सिन्धुपाल्चोक । देशभर बाढीपहिरोले वितण्डा मच्चाएर १ सयभन्दा धेरै सर्वसाधारणले ज्यान गुमाएका बेला सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रमाइलो गर्न र रिसोर्टमा रात बिताउन आएका छन् ।

    मस्ती मुडमा अध्यक्ष दाहाल बिहीबार सिन्धुपाल्चोकको सुकुटे आएका हुन् । पत्नी सीता दाहाल, बुहारी विना मगर, ज्वाइँ जीवन आचार्य, छोरी गंगा दाहाल, नाती र नतिनासहितको जम्बो टोली लिएर दाहाल सुकुटे आएका छन् ।

    माओवादी केन्द्रका अध्यक्ष दाहालले बिहीबार नै भोटेकोशी नदीमा परिवारका सदस्यसहित र्याफ्टिङ गरेका छन् । दाहालको परिवारसँगै रिसोर्टमा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरू कृष्णप्रसाद सापकोटा, माधव सापकोटा र वाइसीएल पूर्वअध्यक्ष रामप्रसाद सापकोटालगायतका नेताहरू पनि छन् ।

    बाढी पहिरो तथा डुबानले प्रधानमन्त्री शेरबहादुर देउवादेखि नेता कार्यकर्ता उद्धार तथा राहतमा खटिएका बेला सत्ता गठबन्धनका एकजना शीर्ष नेता प्रचण्ड भने रिल्क्याक्स गरिरहेका छन् ।

    उनलाई जनताको दुख पीडाको कुनै मतलब छैन । उता प्रधानमन्त्री देउवा भने गाउँ गाउँ पुगेर प्रभावित क्षेत्र पुगेर जनताको पिर मर्का दुख सुनिरहेका छन् ।

    कार्तिक ५, २०७८ शुक्रवार १३:४४:२५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बाढीपहिरो

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana