Logo

बिहिवार, मंसिर १६ गते २०७८

images

गृहमन्त्री खाँडले उठाए अहिलेसम्म कसैले नसोचेको कदम, प्रहरीमा खुसियाली

गृहमन्त्री खाँडले उठाए अहिलेसम्म कसैले नसोचेको कदम, प्रहरीमा खुसियाली

नेपालपाना कार्तिक ५ २०७८
  • 18.1K
    SHARES
  • गृहमन्त्री खाँडले उठाए अहिलेसम्म कसैले नसोचेको कदम, प्रहरीमा खुसियाली

    काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँडले शान्ति सुरक्षा तथा समग्र गृह प्रशासनलाई चुस्त बनाउन चौतर्फी प्रयास गरिरहेका छन् ।

    विपद व्यवस्थापन, उद्धार राहतमा पनि सक्रियता देखाएका छन् । यसैक्रममा खाँडले नयाँ कदम उठाएका छन् । अहिलेसम्म कसैले हिम्मत नगरेको कदम मन्त्री खाँडले उठाएका हुन् । उनको कदमबाट प्रहरी संगठनमा खुसियाली छाएको छ ।

    गृहमन्त्री खाँडले तीन वटा सुरक्षा निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई संगठनमा बोलचालमा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न निर्देशन दिएका छन् । जुनसुकै तहका कर्मचारीलाई बोलाउँदा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्ने निर्देशन दिएका हुन् । यसले अब प्रहरी जवानलाई पनि तपाई अर्था सम्मानार्थी शब्द प्रयोग गर्नुपर्नेछ । त भन्न पाइने छैन ।

    यसले साना कर्मचारीको आत्मसम्मान कायम हुने र संगठनभित्र सभ्य भाषाको विकास हुने अपेक्षा लिइएको छ । आत्मसम्मान र आदरार्थी भाषाले साना कर्मचारीको मनोबल पनि बढ्नेछ । यसैकारण गृहमन्त्रीको यस्तो कदमबाट तलसम्मका प्रहरी कर्मचारी खुसी भएका हुन् ।

    गृहमन्त्री खाँणले शुक्रबार गृहसचिव टेकनारायण पाण्डे, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेल, गृह मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव सुनील खनालको बैठकमा संगठनमा बोलचालमा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न निर्देशन दिएका हुन् ।

    कार्तिक ५, २०७८ शुक्रवार १७:१७:१३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # गृहमन्त्री बालकृष्ण खाँड

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana