Logo

बिहिवार, मंसिर १६ गते २०७८

images

'आधा गिनिज बुक भरिने' भन्ने ओलीलाई गगन थापाले दिन दनक

'आधा गिनिज बुक भरिने' भन्ने ओलीलाई गगन थापाले दिन दनक

नेपालपाना कार्तिक ५ २०७८
  • 2.2K
    SHARES
  • 'आधा गिनिज बुक भरिने' भन्ने ओलीलाई गगन थापाले दिन दनक

    काठमाडौँ। नेपाली कांग्रेसका नेता गगन थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कडा जवाफ दिएका छन् ।

    केहीदिन अघि एमाले अध्यक्ष ओलीले आफ्नो नेतृत्वमा सरकारले गरेका कामले आधा गिनिज बुक भरिने हास्यासपद अभिव्यक्ती दिएका थिए ।

    त्यसको जवाफमा नेता थापाले 'सन्काहा शासकलाई गिनिज बुकमा नाम लेखाउने रहर चढ्दा तीन वर्ष खेर गएको' भन्दै कडा जवाफ दिएका हुन् । नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघको कार्यक्रममा बोल्दै नेता थापाले यस्तो भनेका हुन् ।


    कार्यक्रममा बोल्दै नेता थापाले भने, '२०६२ सालमा आन्दोलन भयो । त्यसमा हामी सहभागी भएर आएका छौं । १०-१२ वर्ष राजनीतिक संक्रमणको चरणमा गयो । व्यवस्थापनमा गयो । २०७४ सालमा चुनाव भयो । हामी हार्‍यौं । एउटा राजनीतिक दल चुनाव कहिले जित्छ कहिले हार्छ कुनै ठूलो कुरा भएन । तर, लामो समयको अनुभव पछाडि संविधान ल्याएर नयाँ चरणमा प्रवेश गर्‍यौं भनेपछि फेरि नेपालले अर्को मौका पाएको फेरि २०७४ सालबाट एउटा सन्काहा शासकलाई गिनिज बुकमा नाम लेखाउने रहर चढ्दा तीन वर्ष खेर गयो ।’

     

    कार्तिक ५, २०७८ शुक्रवार २०:००:०६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली
  • # गगन थापा

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana