Logo

बिहिवार, मंसिर १६ गते २०७८

images

प्रधानन्यायायाधीश संकटमा, १५ दिनको समय तोकियो

प्रधानन्यायायाधीश संकटमा, १५ दिनको समय तोकियो

नेपालपाना कार्तिक ५ २०७८
  • 4.4K
    SHARES
  • प्रधानन्यायायाधीश संकटमा, १५ दिनको समय तोकियो

    काठमाडौँ। सरकार गठनमा भाग खोजेको बिषयपछि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा विवादमा मुछिएका छन् । यसबिच नेपाल बार एशोसिएसनले न्यायालय सुधारको प्रतिवद्धता व्यक्त गर्न प्रधानन्यायायाधीश जबरालाई १५ दिनको समय तोकेको छ ।

    नेपाल बारको शुक्रबार बसेको बैठकले न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिको सुझाव कार्यान्वयनबारे सर्वोच्च अदालतको पूर्ण बैठकबाट निर्णय गर्न १५ दिनको समय दिएको हो ।

    यससँगै अब, नेपाल बारले कात्तिक ७ गते प्रधानन्यायाधीशलाई भेटेर छलफल गर्ने भएको छ । महासचिव लीलामणि पौडेलले विज्ञप्ती जारी गर्दै त्यसपछि बाँकी निर्णय गर्ने बताएका छन् ।

    ‘प्रतिवेदन तत्काल लागू गराउने समयसिमासहितको प्रतिवद्धता सर्वोच्च अदालतबाट १५ दिनभित्र नआएमा नेबाएले न्यायिक नेतृत्वलाई विश्वास गर्न सकिने अवस्था रहँदैन’ बारले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस स्थितिमा सर्वोच्च अदालतले उल्लेखित प्रतिवेदन कार्यान्वयनको प्रतिवद्धता तत्काल सार्वजनिक गर्न जोडदार माग गर्दछौं ।’

    कार्तिक ५, २०७८ शुक्रवार २०:१०:३२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रधानन्यायाधीश

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana