Logo

आइतवार, मंसिर १२ गते २०७८

images

भीम रावलको राजीनामाले एमाले फेरि गहिराे संकट

भीम रावलको राजीनामाले एमाले फेरि गहिराे संकट

नेपालपाना कार्तिक ५ २०७८
  • 2.0K
    SHARES
  • भीम रावलको राजीनामाले एमाले फेरि गहिराे संकट

    काठमाडौँ । नेकपा एमालेमा फेरि आन्तरिक विवाद चर्किएको संकेत देखिएको छ । आन्तरिक विवाद समाधानका लागि भएको १० बुँदे सम्झौता कार्यान्वयनका लागि बनेको कार्यदलको संयोजकबाट नेता भीम रावलले राजीनामा दिएपछि विवाद चर्किएको हो। 

    तत्कालीन माधव नेपाल समूह र ओली समूहबीच १० बुँदे सहमति भएको थियो । त्यसपछि पनि माधवकुमार नेपालले नेकपा (एकीकृत समाजवादी) बनाउँदै एमाले त्यागेका थिए ।

    तर, उनलाई साथ दिँदै आएका भीम रावलहरु भने एमालेमै बसेकाथिए । रावलले १० बुँदे अक्षरंश कार्यान्वयन हुनुपर्ने बताउँदै आएका थिए । 

    तर अहिले कार्यान्वयन नभएपछि उनले कार्यदलको संयोजकबाटै राजीनामा दिएका हुन् । रावलकै हकमा १० बुँदे कार्यान्वयन नभएपछि उनी असन्तुष्ट रहेका थिए ।

    यसबाट नेकपा एमालेमा फेरि गहिरो संकट सिर्जना हुने देखिएको छ ।

    कार्तिक ५, २०७८ शुक्रवार २१:२७:४६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भीम रावल

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana