Logo

बिहिवार, मंसिर १६ गते २०७८

images

प्रधानमन्त्री देउवाले मोदीलाई दिए बधाई, नेपाललाई यस्तो फाइदा

प्रधानमन्त्री देउवाले मोदीलाई दिए बधाई, नेपाललाई यस्तो फाइदा

नेपालपाना कार्तिक ५ २०७८
  • 5.5K
    SHARES
  • प्रधानमन्त्री देउवाले मोदीलाई दिए बधाई, नेपाललाई यस्तो फाइदा

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई बधाई दिएका छन् । भारतमा सय करोड नागरिकले खोप लगाएको खुसियालीमा प्रधानमन्त्री देउवाले मोदीलाई बधाई२ दिएका हुन् । 

    यो उल्लेखनीय उपलब्धीले छिमेकी र मित्र राष्ट्रलाई पनि सुरक्षा सुनिश्चितता गर्न प्रेरित गर्ने देउवाले विश्वास लिएका छन् । 

    देउवाले नेपालको खोप अभियानमा आपूर्ति र रिकभरीका साथ समर्थन गरेको धन्यवाद पनि दिएका छन् । 

    भारतको १३० करोड जनसंख्यामा सय करोडले खोप लगाएपछि त्यसको फाइदा नेपाललाई पनि हुने भएको छ । किनभने भारतमा कोभिड १९ संक्रमण बढ्दा त्यसको प्रत्यक्ष असर खुला सीमानाका कारण नेपालमा पनि पर्थ्यो । तर अब भारतले बहुसंख्यक जनताले खोप लगाएसँगै नेपाल पनि सुरक्षित हुनेछ ।

    कार्तिक ५, २०७८ शुक्रवार २२:४२:०३ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana