Logo

आइतवार, मंसिर १२ गते २०७८

images

देश अर्ली इलेक्सनमा जाने निश्चित, प्रधानमन्त्रीले धनगढीबाट गरे घोषणा, गठबन्धनमा छलफल गर्ने

देश अर्ली इलेक्सनमा जाने निश्चित, प्रधानमन्त्रीले धनगढीबाट गरे घोषणा, गठबन्धनमा छलफल गर्ने

नेपालपाना कार्तिक ६ २०७८
  • 2.6K
    SHARES
  • देश अर्ली इलेक्सनमा जाने निश्चित, प्रधानमन्त्रीले धनगढीबाट गरे घोषणा, गठबन्धनमा छलफल गर्ने

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाखमा ताजा जनादेश (अर्ली इलेक्सन) गर्नेबारे सत्ता गठबन्धनसँग छलफल गर्ने भएका छन् ।

    प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी ओलीले ‘ताजा जनादेशको विकल्प नरहेको’ बताउँदै आएका बेला प्रधानमन्त्री देउवाले अर्ली इलेक्सनमा आफू सकारात्मक रहेको सन्देश दिन खोजेका छन् ।

    शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा ‘वैशाखमा ताजा जनादेश कतिको सम्भव छ' आशयको प्रश्न पत्रकारले गरेका थिए । जवाफमा देउवाले यसबारे सत्ता गठबन्धनसँग छलफल गर्ने बताए ।

    अहिले कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको गठबन्धन छ । कांग्रेसकै नेताहरू अर्ली इलेक्सनमा सकारात्मक रहेका बेला देउवाको यो भनाइ बाहिर आएको हो ।

    यद्यपि, यसबारे आफू एक्लैले भनेर नहुने बताएका छन् । उनले भने, ‘गठबन्धनको सरकार छ, मैले एक्लैले भनेर हुँदैन, गठबन्धनले जे भन्छ, त्यही हुन्छ ।’

    कांग्रेस सभापतिसमेत रहेका देउवाले अर्ली इलेक्सनप्रति दिएको यो अभिव्यक्तिले तरंग उत्पन्न गरिदिएको छ । देउवाको अर्ली इलेक्सनवाला अभिव्यक्तिले कांग्रेसका नेता कार्यकर्तामा उत्साह थपिएको छ । कांग्रेसका कार्यकर्ताले अर्ली इलेक्सन चाहेका बेला देउवाले सकारात्मक अभिव्यक्ति दिएका छन् ।

    कार्तिक ६, २०७८ शनिवार ०८:३५:१३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अर्ली इलेक्सन

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana