Logo

बिहिवार, मंसिर १६ गते २०७८

images

देउवालाई धन्यवाद दिँदै भारतीय प्रधानमन्त्री माेदीले गरे यस्ताे घाेषणा

देउवालाई धन्यवाद दिँदै भारतीय प्रधानमन्त्री माेदीले गरे यस्ताे घाेषणा

नेपालपाना कार्तिक ६ २०७८
  • 2.7K
    SHARES
  • देउवालाई धन्यवाद दिँदै भारतीय प्रधानमन्त्री माेदीले गरे यस्ताे घाेषणा

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस महामारीविरुद्ध लड्न नेपालसँग सहकार्यका लागि दृढ रहेको बताएका छन् ।

    भारतले एक सय करोड नागरिकलाई खोप लगाएको अवसरमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक सञ्जालमार्फत दिएको बधाईको प्रतिउत्तरमा धन्यवाद दिँदै मोदीले महामारीविरुद्ध संयुक्त रूपमा लड्न नेपालसँग सहकार्य गर्न दृढ रहेको बताएका हुन् ।

    माेदीले दुई देशबीचकाे सदियौदेखिकाे सभ्यतागत सम्बन्ध बलियो हुँदै जाने विश्वास पनि व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले शुक्रबार भारतीय समकक्षी माेदीलाई बधाई दिँदै खाेप उपलब्धीले छिमेकी र मित्र राष्ट्रलाई पनि सुरक्षा सुनिश्चितता गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरेका थिए ।

    नेपाललाई खाेपमा गरेकाे सहयाेगका लागि धन्यवाद दिएका थिए ।

    कार्तिक ६, २०७८ शनिवार ०९:३४:५० बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana